Nepal Times
Nepal Times
126
Shares

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ

३ मंसिर, काठमाण्डौ ।
पर्सामा नेपालको राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका–९ मा रहेको सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सुगौलीका प्रहरी निरीक्षक रामराज केसरीका अनुसार गएको बिहीवार राति जाँडरक्सी खाएर सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक हप्ताअघि सिङ्गे पुलमा फहराइएको राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि त्यस क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

पक्राउ परेकामा पर्सागढी नगरपालिका–१ मनवा टोल निवासी अङ्कित पटेल, सुलभ श्रेष्ठ, विश्वास चौधरी, निर्मल चौधरी, कृष्णप्रसाद पोखरेल, विराज ठाकुर, दीपु ओझैया, सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका–१ सखुवनिय टोका गौतम महतो, नन्दन दास थारू र लक्की चौधरी रहेको प्रहरी निरीक्षक केसरीले जानकारी दिए । पक्राउ परेकामाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.