दूरसञ्चारले भन्यो, टिकटक चलिरहेको भए जानकारी गराउनु

२ मंसिर ८०, आइतबार

३ मंसिर, काठमाण्डौ ।
सरकारको निर्णयपछि प्रतिबन्ध गरिएको सामाजिक संजाल टिकटकको प्रयोग तथा पहुँच भइरहेको भए तत्काल जानकारी गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै टिकटक बन्दपछि पनि कुनै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकले कार्यान्वयन नगरेको भए जानकारी गराउन अनुरोध गरेको हो ।

Advertisement

प्राधिकरणबाट निर्देशन भइसक्दा पनि निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए त्यस्तो कम्पनीको बारेमा जानकारी गराउन अनुरोध गरेको हो ।

यस्तै, प्राधिकरणले टिकटक सञ्चालनमा रोक लगाउने सरकारको निर्णय प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति पनि गठन गरेको छ । प्राविधिक समितिले ७ दिनभित्र टिकटक बन्द गरे÷नगरेको सम्बन्धमा अनुगमन र अनुसन्धान गरी रिपोर्ट पेस गर्ने प्राधिकरणले जनाएको छ ।

Advertisement

यसअघि प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न टिकटकलाई आग्रह गरेको छ । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले टिकटकको तत्काल प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । तर टिकटकलाई बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । रिटमा कानुन व्यवसायी तथा डिजिटल अधिकार वकालतकर्ताहरुले सरकारको निर्णय गैरसंवैधानिक रहेको दाबी गर्दै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

यस रिटमा भोलि प्रारम्भिक सुनुवाइ हुँदैछ । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकको प्रयोगमा रोक लगाएको छ ।यसअघि टिकटकले पनि नेपाल दूरसंचारलाई पत्र लेखेर टिकटकमाथिको प्रतिबन्धको कारण माग गरेको थियो ।

Advertisement

लगत्तै प्राधिकरणले पनि टिकटकलाई जवाफ दिदै उल्टै सहयोग गर्न आग्रह गरेको छ । नेपाल सरकारको निर्णय अनुसार उक्त प्ल्याटफर्मलाई नेपालभित्र नचल्ने बनाएर सहयोग गर्न टिकटकलाई अनुरोध गरिएको छ । दूरसञ्चार प्राधिकरणले शुक्रवार टिकटकलाई पठाएको उक्त पत्रको जबाफमा नेपाल सरकारले प्रतिबन्ध लगाउनेबारे निर्णय गरेका हुनाले सरकारसँगै समन्वय गर्न उक्त सञ्जाललाई भनिएको छ ।

उक्त सञ्जालले सामाजिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको र सामाजिक सद्भावमा क्षति पु¥याइरहेको निष्कर्ष निकाल्दै सरकारले नेपालभित्र टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको पत्रमा उल्लेख छ । प्राधिकरणको पत्रमा भनिएको छ, “नेपाल सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई टिकटकको प्ल्याटफर्ममाथिको पहुँचलाई नेपालमा रोक लगाउन निर्देशन दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top