Nepal Times
Nepal Times
279
Shares

आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर

आज सुनको मूल्य बढ्दा, चाँदीको स्थिर

४ मंसिर,काठमाण्डौ ।

सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।आइतबारको तुलनामा छापावल सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो।आइतबार छापावल सुन प्रतितोला एक लाख १५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुन प्रतितोला एक लाख १५ हजार सात सय रूपैयाँ तोकिएको छ।

त्यस्तै, तेजावी सुनको मूल्य एक लाख १५ हजार एक सय ५० रूपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १४ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ।आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2023 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.