चीन जान क–कसलाई चाहिँदैन भीसा ?

१० मंसिर,एजेन्सी ।
चीनले केही देशका नागरिकलाई भिसा बिना आफ्नो देशमा आउन दिने भएको छ । चीनको विदेश मन्त्रालयका अनुसार फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, स्पेन र मलेसियाका नागरिकले अब भिसा बिना चीनको भ्रमण गर्न सक्नेछन् । यो योजना हाल ‘परीक्षणकाल’ मा रहनेछ ।

यही डिसेम्बर ३० देखि सन् २०२४ को नोभेम्बरसम्ममा ति देशका साधारण पासपोर्ट बाहक नागरिकले चीनमा भिसा बिना १५ दिन बिताउन पाउनेछन् । त्यसअवधिमा उनीहरुले चीनमा व्यापारसँगै घुमघाम गर्न सक्नेछन् । यही महिना चीनले भिसा फ्रि ट्रान्जिट पोलिसी अन्तर्गत सुविधा पाउने देशमा नर्वेलाई पनि समावेश गरेको थियो ।

हाल त्यस्तो सुविधा पाउने देशको संख्या ५४ रहेको छ । कोरोना महामारी फैलिएपछि चीनले आफ्नो भिसा नीतिमा कडाइ गरेको थियो । हाल चीनले विस्तारै भिसा नीतिलाई खुकुलो बनाउँदै लगेको छ । यसअघि सिंगापुर र ब्रुनाइका नागरिकले पनि बिना भिसा चीनमा १५ दिन व्यापार र घुमघाम गर्न सक्थे ।

चीनको उच्चस्तरीय विकास र खुलापनलाई प्रबद्र्धन गर्न यो कदम चाल्न लागिएको चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले बताएकी छिन् । हाल एकाध मुलुकबाहेक सबैलाई चीन प्रवेशका लागि भिसा चाहिन्छ । तर, सिंगापुर र ब्रुनाइका नागरिकले व्यवसाय, पर्यटन, पारिवारिक भ्रमण वा ट्रान्जिटका लागि चीन प्रवेश गर्न भिसा चाहिँदैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top