नेपालको क्यासिनो दक्षिण एसियाकै उत्कृष्ट

९ मंसिर ८०, आइतबार

१० मंसिर,एजेन्सी ।
काठमाडौस्थित क्यासिनो माजोङले दक्षिण एशियास्तरको प्रतिष्ठित अवार्ड पाएको छ । क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको हो । त्यस्तै, क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एशिया’ अवार्ड पाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ले बर्सेनि संसारभरका होटल र क्यासिनोलाई अवार्ड वितरण गर्दै आएको छ । नयाँदिल्लीस्थित होटल अशोकमा आयोजित समारोहमा क्यासिनो माजोङले मंसीर ८ मा अवार्ड पाएको हो । क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एशिया’ अवार्ड पाएको यो तेस्रोपटक हो।

Advertisement

यसअघि सन् २०२२ र २०१९ मा ‘बेस्ट क्यासिनो इन साउथ एशिया’ तथा सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो । यस्तै, नेपालगञ्जस्थित क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको छ । अवार्ड प्राप्त गरेपछि महाप्रबन्धक राणाले भने, “नेपालको क्यासिनोले क्षेत्रीय स्तरको अवार्ड निरन्तर प्राप्त गर्नु प्रतिष्ठाको विषय हो।”

भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्वगभर्नर भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकूद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए । यो ‘इन्टरनेसनल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’को १८औं शृंखला हो । दक्षिण एसियामा कसले बेस्ट हस्पिटालिटी दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ।

कुन क्यासिनोको ट्रान्जेक्सन कस्तो छ अनि भिजिटरको संख्यालगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ। र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ।

‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड, भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन्। भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्नता छ। ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिन्छ।

उत्कृष्ट होटेलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top