आज सुनचाँदीको भाउले फेरि राख्यो नयाँ रेकर्ड

१० मंसिर ८०, सोमबार

११ मंसिर,काठमाण्डौ ।
सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज तोलामा सुन १ लाख १७ हजार ४ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि गएको कात्तिक १२ गते सुनको भाउ बढेर तोलामा १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो ।

Advertisement

सुनको भाउ हिजो भन्दा आज तोलामा पाँच सय रुपैयाँले महँगो भएको हो । हिजो तोलामा सुन १ लाख १६ हजार ९ सय रुपैयाँ थियो ।अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न  शाक्यको भनाई ।

उनका अनुसार भाउ अझै बढ्न सक्ने अनुमान छ । यस्तै, चाँदी पनि आज भाउ बढेर तोलाको १ हजार ५ सय रुपैयाँमा पुगेको छ । यो अहिलेसम्मकै महँगो हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top