चीनमा फैलिएको ‘रहस्यमय’ रोग के हो ?

११ मंसिर,एजेन्सी ।
कोरोना भाइरसको संक्रमण सबैभन्दा पहिला देखिएको चीनमा अहिले पनि अर्को रहस्यमय रोग देखिएको छ । जसका कारण चीन पुनः चपेटामा परेको छ । जसलाई ध्यानमा राख्दै विश्व स्वास्थ्य संगठनले पनि चेतावनी दिएको छ । यससँगै डब्ल्यूएचओले यस रोगको बारेमा चिन्ता व्यक्त गर्दै चीनसँग सम्बन्धित जानकारी मागेको छ ।

यस्तो अवस्थामा चीनको स्वास्थ्य मन्त्रालयबाट विज्ञप्ति आएको छ । यसका अनुसार यो संक्रामक फोक्सोको रोगको पछाडि धेरै रोगजन्य ब्याक्टेरिया छन् । यससँगै चीनको स्वास्थ्य मन्त्रालयले यसको पछाडि कुनै नयाँ भाइरल कारण हुन सक्ने बताएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले आइतबार एक पत्रकार सम्मेलनमा इन्फ्लुएन्जामा संक्रमण बढ्नुको प्रमुख कारण भएको बताइन् । उनले राइनो भाइरस, माइकोप्लाज्मा निमोनिया र रेस्पिरेटरी सिन्सिटियल भाइरस पनि फैलिरहेको बताए ।

फेङले मुलुकमा औषधि आपूर्तिको ग्यारेन्टी हुनुपर्ने र उपचारको सुविधा बढाउनुपर्ने बताइन् । स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले विशेषगरी बालबालिकाहरू यो रोगको जोखिममा रहेको बताएकी छिन् । यस्तो अवस्थामा अभिभावकले छोराछोरीको उपचारका लागि घण्टौं कुर्नुपर्ने बाध्यता छ ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनको उत्तरपूर्वी क्षेत्रमा अवस्थित लिओनिङ प्रान्तका बालबालिकाहरू तीव्र गतिमा बिरामी परिरहेका छन् । चीनमा फैलिएको रोगबारे डब्ल्यूएचओले यो वर्ष रोगको स्तर उच्च भए पनि जाडोमा श्वासप्रश्वाससम्बन्धी रोग लाग्नु अस्वाभाविक नभएको बताएको छ ।

संयुक्त राष्ट्र एजेन्सीले मानिसहरूलाई जोखिम कम गर्न आधारभूत सावधानी अपनाउन सल्लाह दिएको छ। साथै वर्तमान परिस्थितिका आधारमा कुनै पनि यात्रा प्रतिबन्धको आवश्यकता नरहेको बताए । चीनमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगका कारण चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् । यो रोगको समयमा बालबालिकामा फोक्सोमा जलन हुने, उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top