गणतन्त्रविरोधी गतिविधि बारे देउवाले तोडे मौनता

१० मंसिर ८०, सोमबार

११ मंसिर,काठमाण्डौ ।
काठमाडौंमा दुर्गाप्रसाई समर्थकहरुको प्रर्दशन र झापामा पूर्वराजाको उपस्थितीमा राप्रपाको प्रर्दशनलाई लिएर सबै राजनीतिक दलहरुबाट मिश्रित प्रतिक्रियाहरु आइरहदा पछिल्ला घटनाक्रममा मौन रहेका सबैभन्दा ठूलो दल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग मुख खोलेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । उनले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ गणतन्त्रविरोधी गतिविधिबाट राजनीतिक दलहरू अत्तालिएका हुन् ? भन्ने प्रश्नमा देउवाको जवाफ थियो– ‘को अत्तालियो ? हामी अत्तालिएका छैनौं ।’

यस्तै कांग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पनि देउवाले राजतन्त्र कुनैपनि हालतमा नफर्किने बताए । उनले धर्मनिरपेक्षका बारेमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्र भने निर्विकल्प भएको बताए । ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कने कुनै सम्भावना छैन,’ उनले भने, ‘केही दिनदेखि देखिएको गतिविधीबारे देउवाले केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रकोविरुद्ध हुने कुनैपनि गतिविधी हामिलाई मान्य छैन ।’

सम्मेलनमा बोल्दै देउवाले धर्मनिरपेक्षका विषयमा पार्टीमा छलफल गर्न सकिए पनि गणतन्त्रको विकल्प नभएको बताए । सभापति, महामन्त्रीहरुसहितका नेताहरुले गणतन्त्रको विकल्प छैन भनेता पनि काँग्रेसकै केही नेताहरु भने पुनः राजतन्त्रमै फर्किनु पर्ने तर्क गर्छन् । यसैबीच डा. शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

तर त्यसको सम्भावना रहेको पनि उनले धारण ब्यक्त गरेका छन् । भरतपुर विमानस्थलमा सभापति देउवासँगै पुगेका उनले भने, ‘राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । तर, यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।’ सरकारका कामप्रति नागरिक पूर्णरूपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको टिप्पणी छ ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै कोइरालाले भने, ‘मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।’ संघीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको उनले बताए ।

कोइरालाले थपे, ‘जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।’ कांग्रेसका महामन्त्री गगन थापाले भने पछिल्ला गतिविधि र पूर्वराजा ज्ञानेन्द्रको सक्रियातको भने तीव्र आलोचना गर्दै आएका छन् । उनले ज्ञानेन्द्रलाई अदृश्य नभई प्रत्यक्ष राजनीति गर्न सुझाएका छन् ।

भर्खरको समाचार

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

सम्बन्धित समाचार

Scroll to Top