Nepal Times
Nepal Times
3
Shares

आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ  ?

आज कहाँ पर्छ पानी ? के अब जाडो बढ्छ  ?

१२ मंसिर, काठमाण्डौ ।
पश्चिमी वायुसँगै भारतको राजस्थान आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभावको कारण आज नेपालका केही भूमागमा मौसम बदली भएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकासहित पश्चिम भूभागमा सोमबारदेखि लागेको बादल आज बिहान पनि कायम छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै ठाउँमा वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । यस्तै उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा आज हल्का हिमपातसमेत हुनसक्छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए । बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.