गजामा थपियो दुई दिन युद्धविराम

१२ मंसिर, एजेन्सी ।
इजरायल र हमासबीच अस्थायी युद्धविराम थप २ दिन लम्ब्याउने सहमति भएको छ । यसअघि चार दिनका लागि युद्धविराम भएको थियो । यो समयावधि आज बिहान सकिएसँगै युद्धविराम थप दुई दिन लम्बिने सहमति जुटेको हो । इजरायल र हमासबीचको संवादका लागि मध्यस्थता गरिरहेको कतारले दुई पक्ष थप दुई दिन युद्धविराम लम्ब्याउन सहमत भएको जानकारी दिएको हो ।

कतारी विदेशमन्त्री डा. मजिद बिन मोहम्मद अल अन्सारीले सहमति भएसँगै इजरायलले थप ३३ जना र हमासले ११ जना बन्दी छाडेको पनि जानकारी दिएका छन् । हमासले छाडेका ११ जनामा तीन फ्रान्सेली, दुई जर्मन र ६ अर्जेन्टिनी नागरिक रहेका छन् । अहिलेसम्म हमासले ६९ जना बन्धक छाडेको छ ।

त्यस्तै इजरायलले १५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । अक्टोबर ७ मा हमासले इजरायली भूमिमा आक्रमण गरी विभिन्न देशका गरी करिब २५० जनालाई बन्धक बनाएको थियो । त्यसमध्ये नेपालका विपिन जोशी पनि रहेका छन् । उनी भने अझै हमासको कब्जामा रहेका छन् ।

Advertisement

इजरायलले हमासले रिहा गर्ने हरेक १० बन्धकका लागि एक दिन युद्धविराम लम्ब्याउने यसअघि नै बताइसकेको छ । यो सहमति अनुशार अबको २ दिनमा हमासले थप २० बन्धक रिहा गर्नेछ । संभवत त्यो संख्यामा विपिन पर्ने अपेक्षा गरिएको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायलीको मृत्यु भएको छ ।

त्यसयता इजरायलले अस्थायी युद्धविराम हुनुअघिसम्म गाजा क्षेत्रमा भीषण आक्रमण गर्दै आएको थियो । इजरायली आक्रमणमा बालबालिकासहित १४ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ । आक्रमणपछि प्रत्याक्रमणमा उत्रिएको इजरेल वेपट बैंकसम्म पुगेको छ भने हमासमा केही भूमिगत सुरुङहरुमा कब्जा जमाईसकेको छ । इजरेलमाथि युद्धको विकल्प खोज्न र युद्धविरा मगर्न चौतर्फी दबाब छ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top