भारतीयले बाबुरामको चित्त कसरी दुखाए ?

११ मंसिर ८०, मंगलबार

१२ मंसिर,काठमाण्डौ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई भारतीय मिडिया एवं त्यहाँको सत्तारुढ दलमाथि खनिएका छन् । उनले अन्तर्राष्ट्रिय समुदायको समेत सद्भाव रहेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई छेड्छाड् गर्ने हर्कत केही भारतीय नेता, त्यहाँको सत्तारुढ दल र मिडियाहरुले गरेको बताएका छन् ।

भट्टराईले एक्समा लोकतन्त्रमा देखिने सामयिक जनअसन्तुष्टी र विवाद लोकतान्त्रिक प्रक्रियाबाटै हल हुन्छ भन्ने हेक्का सबैले राख्नुपर्ने बताएका हुन् । उनले भारतीय मिडियाद्वारा नेपालबारे प्रसारित अत्यन्त खतरनाक, दुराशयपूर्ण, प्रतिगमनकारी धार्मिक कट्टरपन्थ र मृत राजतन्त्र पुनर्स्थापनाको दुस्वप्न भएको बताएका छन् ।

नेपाललाई धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतन्त्रबाट षडयन्त्रपूर्ण ढंगले पछाडि धकेलेर प्रतिक्रान्तिकारी अस्थीरताको भूमरीमा फसाउँदा त्यसको छालले खुला सिमानाले जोडिएको छिमेकी भारतलाई पनि लपेट्न सक्ने उनले उल्लेख गरेका छन् ।

Advertisement

’माओवादी क्रान्तिकारी जनयुद्ध अग्रगामी वैज्ञानिक विचारद्वारा निर्देशित र स्वदेशी पहल र नेतृत्वमा सञ्चालित भएकाले नै त्यसको शान्तिपूर्ण रूपान्तरण सम्भव र सहज भएको थियो’ भट्टराईले लेखेका छन् ’तर अहिलेको बाहिरबाट षड्यन्त्रमूलक ढंगले थोपर्न खोजिएको धार्मिक कट्टरपन्थ र राजतन्त्र पुनर्स्थापनाको एजेण्डाले देशभक्त नेपालीहरूको प्रतिरोध संघर्षलाई राष्ट्रिय युद्धमा परिणत गरेर हिमाली क्षेत्रमा दीर्घकालीन द्वन्द निम्त्याउन सक्छ र त्यसको आगो भारतभरी सल्कन सक्छ ।

त्यसैले “आ बयल् मुझे मार्“ भनेजस्तो आत्मघाती हर्कत भारतीय सत्तापक्षबाट नहोस् !’ ’लोकतान्त्रिक स्थिरतासहितको स्वतन्त्र र समृद्ध नेपाल नै भारतको जायज सुरक्षा चासोको वास्तविक सहयोगी बन्न सक्छ’ उनले भनेका छन् ’तर राजतन्त्रात्मक धार्मिक कट्टरपन्थले अवस्यम्भावी रूपमा निम्त्याउने द्वन्दग्रस्त र अस्थिर नेपालले विश्व महाशक्ति बन्दै गरेको उत्तरी छिमेकी चीनलाई समेत प्रकारान्तरले हिमाल वारी तानेर भारतीय सुरक्षा चासोमा झन् खतरा उत्पन्न गर्नसक्छ ।’

बाबुराममात्रै होइन यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहलाई सक्रिय बनाउने राप्रपाको प्रयास र व्यवस्था उल्टाउन भन्दै दुर्गा प्रसाईंले थालेको अभियानपछि ठूला दलहरु सचेत देखिएका छन् । पूर्वराजा ज्ञानेन्द्रको पक्षमा बढ्दो क्रेज देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १२ बुँदे पक्षधरको बैठक राखेका थिए ।

बैठक पछिल्लो समय नेताहरुको कार्यशैलीप्रति जनतामा बढेको असन्तुष्टि र निराशासँगै राजावादीहरुको सक्रियतालाई लिएर अब ‘व्यवस्था कसरी जोगाउने ?’ भन्नेमा केन्द्रित थियो । त्यही बैठकमा नै दलहरुले व्यवस्थाको रक्षाका लागि आफूहरु एकै ठाउँमा रहेको सन्देश दिएका थिए ।

यसक्रकमा एमाले अध्यक्ष केपी ओलीले राजसंस्थालाई ‘मरेको प्रेत’ संज्ञा दिँदै ‘चेतना नभएका मुूर्खहरु नलीखुट्टा फुकेर राजतन्त्र फर्काउन हिँडेको’ टिप्पणी गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पनि गणतन्त्रको विकल्प नभएको दाबी गर्छन् ।

यस्तै महामन्त्री गगन थापाले पनि पूर्वराजा शाहलाई च्याँखे दाउ नथाप्न चेतावनी दिएका छन् भन् नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पटक पटक ज्ञानेन्द्रलाई खुला राजनीतिमा आउन चेतावनी दिएका छन् । पछिल्लो समय सुरु भएको प्रसाईको अभियानललाई लिएर नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रका लागि दबाब र व्यापक जनलहर बढेको आशयसहितका समाचार प्रशासन प्रशारण गरेका छन् ।

नेपाल धर्म निरपेक्ष घोषणा भएदेखि नै भारतीय पक्षले नेपालमा हिन्दु राष्ट्र कायम गर्नका लागि अघोषित रुपमा दबाब दिइरहेको बताइने गरिन्छ । फेरि पूर्वराजाले समेत पटक पटक भारतीय सत्तारुढ दल बीजेपीका नेताहरु खास गरी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग पटक पटक भेटवार्ता गरिसकेका छन् ।

उत्तर प्रदेश सरकारकै आयोजनामा पूर्वराजा ज्ञानेन्द्रलाई नेपालका राजाका रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुमा समेत आमन्त्रण गरिसकिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top