विराटनगर महानगर राजश्व शाखाका कर्मचारी घुससहित पक्राउ

२४ भदौ ७५, आइतबार
Share this
713shares

किशोर विश्वकर्मा
विराटनगर, भदौ २४
विराटनगर महानगरपालिकाका एक कर्मचारी सेवाग्राहीसँग घुस लिँदैगर्दा आईतबार दिउँसो रंगेहात पक्राउ परेका छन् । महानगरपालिका राजश्व शाखामा कार्यरत तिलकमणी पोखरेल विराटनगर–७ की सेवाग्राही मिना शाक्यसँग घुस लिदै गर्दा पक्राउ परेका हुन् ।

Advertisement

उनलाई विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली, वडा नम्बर ७ का वडा अध्यक्ष मधुबाबु तिवारीलगायतको टोलिले सेवाग्राही पोखरेल सँग घुस लिदै गर्दा पक्राउ गरेको हो । सेवाग्राही शाक्यले घरको कर तिर्न जाँदा राजश्व शाखाका खरिदार पोखरेलले घुस मागेको र सो कुरा वडा अध्यक्षलाई जानकारी गराएको बताइन् ।

Advertisement

उनले महानगरका कर्मचारी पोखरेलले राजश्व १ लाख रुपैयाँ बढी तिर्नुपर्ने बताएको र आफुसँग त्यत्रो रकम नभएको बताएपछी ८५ हजार रुपैयाँ मात्र बुझाएको बताईन । पोखरेलले ८५ हजार रुपैयाँ बुझाएपछी खरिदार पोखरेलले राजश्वको रसिद सोमबार आउने बताएको र केही समयपछी बोलाएर रसिद तयार भएको बताउदै ७३ हजार ५ सय रुपैयाँको मात्र रसिद थमाएपछी वडा अध्यक्ष तिवारीकै अग्रसरतामा कर्मचारी पोखरेल पक्राउ परेका हुन् ।

Advertisement

उता घुस सहित पक्राउ परेका कर्मचारी पोखरेलले आफुलाई फसाउन खोजेको आरोप लगाएका छन् । उनले जानी जानी सेवाग्राही शाक्यले राजश्व भन्दा बढी रकम दिएको र सोही बहानामा आफुलाई फसाउन खोजेको आरोप लगाए । यता विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले पनि रसिदमा उल्लेख भन्दा बढी रकम लिएको पाईएकाले आफुहरु पनि अनुसन्धानकै क्रममा रहेको बताएका छन् ।

उनले तत्कालका लागि उक्त विषय अख्तिरलाई जानकारी गराएको र अख्तियारको अनुसन्धान पछी महानगरले पनि आन्तरिक अनुसन्धान गरेर कारवाही प्रकृया अघि बढाउने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top