धर्म ‘कार्ड’ फालेर फेरि सत्तामा उक्लिने देउवाको दाउ !

१३ मंसिर ८०, बिहीबार

१५ मंसिर,काठमाण्डौ ।
मुलुकमा व्यवस्था परिवर्तनलगायत एजेण्डासहितका गतिविधिहरु बढ्दै जाँदा र प्राय सबै दलहरु मिशन ८४ भन्दै देशव्यापी अभियानमा लागेका बेला संसदको सबैभन्दा ठूलो दल काँग्रेस सभापति शेरबहादुर देउवाले हिन्दु राज्यका लागि संविधान संसोधन गर्न सकिने सार्वजनिक अभिव्यक्ति दिएपछि यतिबेला राजनीतिक बृत्त तरंगित भएको छ ।

देउवाले धर्म निरपेक्षताको सट्टा संविधानमा हिन्दु राज्य राख्न सकिने बताएका छन् । धर्मको ‘कार्ड’ मार्फत शक्ति राष्ट्र रिझाएर सत्तामा पुग्न देउवाले रणनीति बनाएको कतिपय नेताले टिप्पणी गरेका छन । देउवाले महासमिति बैठकको सम्मुखमा धर्मनिरपेक्षताको विषयमा अर्थपूर्ण अभिव्यक्ति दिएका हुन् ।

नवलपुर जिल्ला सम्मेलनमा सम्बोधन गर्न पुगेका सभापति देउवाले १२ मंसिरमा संविधानमा उल्लेख धर्मनिरपेक्षताको विषयमा सरसल्लाह गर्न सकिने बताएका थिए । उक्त सभामा भनेका थिए, ‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र कुनै हालतमा फर्किँदैन । संघीयता र गणतन्त्रविरुद्धका कुनै पनि गतिविधि स्वीकार्य हुँदैन ।

Advertisement

धर्मको विषयमा मान्छेहरूले सोच्नुपर्ने भन्छन्, सरसल्लाह गर्न सकिन्छ ।’ देउवाको अभिव्यक्ति त्यस्तो समय र स्थानबाट आएको छ, जसलाई नजरअन्दाज गर्न मिल्दैन । एकातिर दुर्गा प्रसाईंको नेतृत्वमा सनातन धर्मको पक्षमा देशव्यापी आन्दोलन भर्खरै सकिएको थियो अनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित हिन्दुवादी समूह आन्दोलनको तयारीमा छन् ।

अर्कातिर कांग्रेसभित्रै आउँदो महासमिति बैठकमा हिन्दु धर्मको पक्षमा आवाज उठाउने केही केन्द्रीय सदस्यहरूले तयारी गरिरहेका छन् । त्यसमाथि अर्को अर्थपूर्ण चाहिँ स्थानले पनि बोकेको छ । देउवाले धर्मको विषयमा सरसल्लाह गर्न सकिने अभिव्यक्तिका लागि कांग्रेसका पूर्व महामन्त्री तथा नेता शंशाक कोइरालाको निर्वाचन क्षेत्र रोजेका छन् ।

कोइराला विगतदेखि नै धर्मको विषयमा सोच्नुपर्ने मत राख्छन् । उनले सार्वजनिक रुपमा बोल्दै पनि आएका छन् । यसअघि पार्टीभित्र एउटा समूह नयाँ संविधान जारी भएदेखि नै धर्म निरपेक्ष हटाउन निरन्तर लागिरहे पनि देउवा यस विषयमा मौनथिए ।

कांग्रेसका एक नेताका अनुसार नवलपरासीमा बोल्नु केही महिनाअघि उनले पार्टीको ‘कोर’ समूह, त्यसपछि प्रमुख तीन दलका शीर्ष नेता (देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली) सहभागी बैठकमा समेत यस विषयलाई छलफलमा ल्याएका थिए ।

पार्टीको आन्तरिक छलफलमा पनि भारततिर संकेत गर्दै देउवाले धर्म निरपेक्षता हटाउने बहस चलाउन थालेका छन । एक थरी नेताहरूका अनुसार उनी आफैंले आसन्न पार्टीको महासमिति बैठकमै हिन्दु धर्मलाई एजेन्डा बनाउन खोजिरहेका छन । पार्टीको महासमिति बैठक पुस १६–१९ मा राजधानीमा हुँदै छ ।

देउवाले धर्मनिरपेक्षताको विषयमा बोल्नुलाई दुईवटा कोणबाट नै विश्लेषण भइरहेको छ । एक, देउवा आउँदो महासमिति बैठकमा धर्मको विषय प्रवेश गराउन चाहन्छन् । दोस्रो, धर्मको एजेण्डालाई बाह्य परिस्थितिबाट नै एजेण्डा सेबोटेज गर्न खोजिरहेका छन् । हुन पनि, देउवाको समूहका भएका अधिकांश नेताहरू हिन्दु राष्ट्रको पक्षमा छैनन् ।

उनीहरू हरेक दिन धर्मनिरपेक्षताको पैरवी र प्रतिरक्षामा उभिएका हुन्छन् । कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पनि धर्मनिरपेक्षताको विषयमा बहस गर्न नसकिने बताइरहेका छन् । १३ मंसिरमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि विश्वकर्माले त्यही मत राखेका थिए । विश्वकर्माको भनाइ मान्ने हो भने महासमिति बैठकमा हिन्दु धर्मको एजेण्डाले प्रवेश पाउने छैन ।

त्यसैले, देउवाले एजेण्डा नै सेबोटेज गराउनका लागि नवलपुरमा बोलेका टिप्प्णी गरिन्छ । तर, विश्वकर्माहरूको भनाइलाई काउन्टर दिने समूहमा शंकर भण्डारी, मधु आचार्यसहित कांग्रेसभित्रको ठूलो पंक्ति रहेको छ । यी दुवै कोणबाट विश्लेषण भइरहेको भए पनि कांग्रेसभित्र धर्मको विषयमा ठूलो बहस रहेको छ ।

संविधानमा उल्लेख भएको धर्मनिरपेक्षताको विषयमा कांग्रेस नेता शंशाक कोइराला, शंकर भण्डारी, मधु आचार्यलगायतको ठूलो पंक्ति असहमत रहेको छ । त्यसैले, यो समूहले महासमितिमा पनि संविधान संशोधन र सनातन धर्मको पक्षमा एजेण्डा प्रस्तुत गर्ने अनौपचारिक तयारी पनि गरेको छ । पछिल्ला दिनमा धर्मको विषयमा शेखर कोइरालाको मत पनि धेरै फरक भइरहेको छ ।

महामन्त्री गगन थापाले औपचारिक रुपमा धर्मको विषयमा केही नबोलेका भए पनि हरेक दिन टिका र फूल लगाएर कार्यक्रम निस्कन्छन् । त्यसलाई धेरै धर्मसँग जोडेर टिप्पणी गर्छन् । हुन पनि संविधान निर्माणको चरणमा शीर्ष नेताहरू धर्मनिरपेक्षताभन्दा पनि धार्मिक स्वतन्त्रताको पक्षमा रहेको र भारतीय संस्थापन लाइन पनि धर्मनिरपेक्षताको विपक्षमा रहेको थियो ।

र, संविधान निर्माणको चरणमा भारत पुगेका देउवा, प्रचण्डसहितका नेताहरूले धार्मिक स्वतन्त्रताको पक्षमा सहमति जनाएर आएको चर्चा पनि हुन्छ । शीर्ष नेता अन्तिममा संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्न राजी भएपछि भारत रुष्ट भएको र २०७२ को संविधान अस्वीकार गरी नाकाबन्दी लगाएको विश्लेषण हुने गरेको छ ।

पछिल्ला दिनमा एमाले अध्यक्ष केपी ओलीको सनातन धर्मको पक्षमा आउने अभिव्यक्ति, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा क्रममा उज्जयनमा भएको तीर्थाटन र अहिले देउवाको अभिव्यक्तिले परिस्थितिमा फेरबदल हुन खोजेको अर्थमा विश्लेषण भइरहेको हो ।

त्यसमाथि बीजेपीको र उसको संगठन आरएसएसको नेपालमा बढ्दो सक्रियताले पनि आशंका जन्माइरहेको छ । हिन्दु धर्मको मुद्दालाई अघि बढाउने उपयुक्त मौकाको खोजीमा भारत अझै रहेको र निर्वाचनको पूर्वसन्ध्यामा सन्तमहन्तमार्फत गतिविधि बढाउने काम भइरहेको नेपाली नेताहरूको बुझाइ छ ।

त्यसका लागि भारतले सत्ताको आकांक्षा राख्ने राजनीतिक नेतृत्वलाई उपयोग गर्ने रणनीति लिएको उनीहरूको दाबी छ । देउवाको पछिल्लो अभिव्यक्तिलाई त्यसैको कडीका रूपमा हेर्नुपर्ने उनीहरूको ठम्याइ छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top