ओली कप टी–२० क्रिकेटमा एपीएफलाई हराउँदै मधेस फाइनलमा

१३ मंसिर ८०, बिहीबार

१५ मंसिर,काठमाण्डौ ।

सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । आज बिहीवार भएको खेलमा मधेसले एपीएफलाई ११ रनले हरायो ।मधेसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्यो ।

एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जोराले ५४ र लोकेश बमले ३२ रन जोडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।यसअघि पोखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायो ।

मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जोडे । बलिङतर्फ एपीएफका मौसम ढकालले ३ र अमर रौटेलाले २ विकेट लिए ।अब मधेसले फाइनलमा भोलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएको पहिलो सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top