फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प

१७ मङ्सिर, एजेन्सी ।

फिलिपिन्समा दुईवटा शक्तिशाली भूकम्प गएका छन् । फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले त्यहाँको दोस्रो ठूलो टापु मिन्डानाओ ७.४ र ६.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यस्तै, अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार शनिबार राति ७.६ म्याग्निच्युडको पहिलो भूकम्प मापन गरिएको थियो भने त्यसको केही समयपछि ६.४ मापन भएको थियो ।

भूकम्प लगत्तै सुनामीको चेतावनी प्रणाली सक्रिय भएपनि पछि त्यसको खतरा टरेको बताइएको छ । यसअघि, मिन्डानाओको पूर्वी तटमा स्थानीय समय अनुसार २२ः३७ (१४ः३७ जीएमटी) मा पहिलो भूकम्प गएपछि सुरिगाओ डेल सुर र डाभाओ ओरिएन्टलका तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च जमिनमा जान भनिएको थियो ।

Advertisement

भूकम्पपछि जापानमा र फिलिपिन्सको उत्तर–पूर्वी क्षेत्रमा भने ०.४ मिटर (१.३ फिट) सम्मको सुनामी छालहरू देखिएका भने थिए । फिलिपिन्स वा जापानमा क्षति वा चोटपटकको तत्काल कुनै रिपोर्ट आएको छैन । भूकम्पको केन्द्रविन्दुभन्दा टाढा सहरका मानिसहरु पनि भवनबाट बाहिर निस्केर खुला ठाउँमा बसेका थिए । बुटुआन सहरमा, बिरामीहरूलाई अस्पतालबाट बाहिर निकालिएको थियो ।

फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो । दुई टापु राष्ट्रहरू नै प्यासिफिक ’रिङ अफ फायर’ को भाग हुन् जुन प्रमुख भूकम्पीय गतिविधिको क्षेत्रमा पर्छ र त्यहाँ विश्वको सबैभन्दा सक्रिय फल्ट लाइनहरू छन् । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top