जर्मनीको म्युनिख हिमपातले पुरियो ७६० उडानहरू रद्द, सबै यातायात बन्द

१६ मंसिर ८०, आइतबार

१७ मंसिर,काठमाण्डौ ।
भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थलमा हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू समेत बन्द गरिएको विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

जर्मनीको राष्ट्रिय रेलवे कम्पनी ड्युचे बानका अनुसार म्युनिखको केन्द्रीय रेल स्टेसन आगमनका लागि बन्द गरिएको छ भने लामो दूरीका अन्य यातायातका सेवाहरू पनि स्थगन गरिएको छ । रेल यातायात सोमबारसम्म ’गम्भीर रूपमा प्रभावित’ हुने पनि कम्पनीले जनाएको छ ।

यसबाट ठूलो सङ्ख्यामा यात्रुहरू म्युनिखको मुख्य स्टेशनमा अलपत्र परेको समाचारमा उल्लेख छ । शनिबार प्रहरीले म्युनिखका जनतालाई अत्यावश्यक नभएसम्म सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ। यसैबीच, दक्षिणी बाभेरियाका केही भागहरूमा मानिसहरूलाई घरबाट बाहिर ननिस्कन भनिएको पनि सीएनएनले जनाएको छ ।

Advertisement

हिमपातका कारण बायर्न म्युनिख र युनियन बर्लिनबीच शनिबार हुने भनिएको फुटबल खेल पनि ’सुरक्षा जोखिम र ट्राफिक अवस्थाका कारण’ स्थगित गरिएको बायर्न म्युनिखले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । म्युनिखमा शनिबार ४५ सेन्टिमिटर हिउँ परेको थियो जुन सन् १९३३ पछिको डिसेम्बरको पहिलो रेकर्ड हो।

यसअघि २९ डिसेम्बर १९३८ मा ४४ सेन्टिमिटर हिउँ परेको थियो। बाभेरियामा यसपालि १७ वर्षयताकै भारी हिमपात भएको छ । म्युनिखमा वर्षको हिउँको अवधि नोभेम्बर ९ देखि मार्च २८ सम्म हुने अनुमान छ । जसमा कम्तिमा ३१ दिन २५ मिलिमिटरसम्म हिमपात हुनेछ ।

Advertisement

म्युनिखमा सबैभन्दा धेरै हिमपात भएको महिना फेब्रुअरी हो । जसमा ७२ मिलिमिटरसम्म औसतमा हिमपात हुने गर्दछ । त्याहा सबैभन्दा कम हिमपात १४ जुलाईको आसपास हुने गर्दछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top