हमासको बन्धनबाट छुटेकाहरुको दर्दनाक कथा

१७ मंसिर,एजेन्सी ।
गएको नोभेम्बर २४ मा गाजामा सुरु भएक एक हप्ताको युद्धविराम सम्झौता अन्तर्गत हमासले इजरायलबाट बन्धक बनाएका ११० बालबालिका र महिलालाई रिहा गरेको छ । सम्झौता अनुशार नै इजरायलले पनि आफ्नो देशका जेल जिवन विताइरहेका हमासका २४० ब्यक्तिहरुलाई रिहा गरिदिएको छ ।

हमासबाट छुटेका बन्धकहरूको स्वास्थ्य ठीक छ र सबैलाई आवश्यक चिकित्सा परीक्षण पछि घर पठाइएको छ । तर उनीहरूले हमासको बन्धनमा डरलाग्दो अनुभव गरेका छन्। यी मानिसहरूलाई यसबाट बाहिर आउन धेरै समय लाग्न सक्ने मनोचिकित्सकहरुले बताएका छन् ।

किनभने हमासको नियन्त्रणमा रहदा भोग्नु परेको दिनचर्याल उनीहरूको दिमागमा धेरै असर गरेको छ। गाजाको सुरुङमा थुनिएका बालबालिकालाई रोएको अवस्थामा उल्टै कुटपिट गरिएको उनीहरुले बताएका छन् । यति मात्र होइन, हमासले गरेको आक्रमणको भिडियो पनि उनीहरूलाई जबरजस्ती देखाइएको थियो ।

Advertisement

यस्तो अवस्थामा बालबालिका यस डरबाट बाहिर आउन निक्कै समय लाग्ने बताइएको छ । हमासले गाजामा १२ वर्षीय इतान याहलोमी र ९ वर्षीया एमिली ह्यान्डलाई ५० दिनसम्म बन्धक बनाएको थियो । इतानलाई बारम्बार यातना दिइयो र हमास आक्रमणको भिडियो हेर्न बाध्य पारियो। बारम्बार कुटपिट भयो, अहिले पनि यो सबै सम्झेर उनीहरु रुन थाल्छन् ।

९ वर्षीया एमिलीका बुबाले भनेका छन् ,कि घर फर्किएपछि पनि उनी निकै बिस्तारै कुरा गर्छिन् र संकेत गर्छिन् । ठूलो आवाज आउँदा उनलाई डर लाग्छ। बन्धनमा हमासका अतिवादीहरुले उनलाई आवाज ननिकाल्नका लागि डराउने गर्थे ।

Advertisement

त्यसैले उनी अहिले पनि आवाज बाहिर निकाल्न नै अप्ठ्यारो मान्ने गर्छिन । इजरायल साइको ट्राउमा सेन्टरका निर्देशक ड्यानी ब्रोमले भने केही बन्धकहरूलाई मात्र चिकित्सा उपचारको आवश्यकता पर्ने र अन्य समयसँगै निको हुने बताएका छन् ।

यद्यपि, उनीहरूलाई यसबाट बाहिर निस्कन परिवार र साथीहरूको समर्थन पनि चाहिने उनले बताएका छन् । अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमला गरेपछि हमासले करिब २४० जनालाई अपहरण गरी गाजामा बन्धक बनाएका थिए । त्यसपछि ती सबैलाई सुरुङमा राखिएको थियो ।

यो घटनापछि इजरायलले गाजा पट्टीमा बमबारी गर्न थाल्यो । ७ अक्टोबरबाट सुरु भएको इजरायली आक्रमण नोभेम्बर २३ सम्म जारी रह्यो। बीचमा ७ दिनको युद्धविराम पछि अहिले फेरि युद्ध सुरु भएको छ । हमासको बन्धनमा अझै १३० मानिसहरु रहेको अनुमान छ ।

यद्यपि हमासले यसअघि नै इजरायलले भने अनुशार सबै मानिसहरु आफूहरुसँग नरहेको बताएको छ । इजरेल घटनापछि वेपत्ता नेपालका विपिन जोशी पनि अझै हमासकै नियन्त्रणमा रहेको विश्वास छ। यसअघि अस्पताल लैजादै गरेको अवस्थामा विपिनको भनिएको भिडियो सार्वजनिक गरिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली युवाको अमेरिकी सेनामा मृत्यु,अनुसन्धान जारी

edd9dcfb-9170-402e-95d8-e457e0a51c84

रोनाल्डोले नकआउटमा गोल गर्न नसकेको खडेरी तोडे

60ff14fc-eb1d-4c10-b156-c237ad64295e

देशभर मनसुनको कहरः आज ४ प्रदेशमा अति भारी वर्षाको चेतावनी

mausam-2075-12-18-768x388

केही घण्टामै बन्यो १० लाखसम्म जरिवाना गर्ने कानून, मन्त्रीको ठाडो निर्देशन

nepal-oil-nigam

२०१० को विश्वकप जितपछि स्पेन फेरि उपाधि होडमा

e34f67be-d857-48b2-ae41-dce5377f95fa (2)

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top