के टिकटक पूर्ण रूपमा बन्द हुन सम्भव छ ? समितिले कस्तो प्रतिवेदन बुझायो ?

१६ मंसिर ८०, आइतबार

१७ मंसिर,काठमाण्डौ ।

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णयसंगै यो पूर्णरुपमा बन्द भएनभएको अध्ययन गर्न गठित उपसमितिले आफ्नो प्रतिवेदन बुझाएको छ । जसमा दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा टिकटक बन्द गर्न सेवाप्रदायकलाई निर्देशन दिए पनि हालसम्म आंशिक रूपमा मात्रै बन्द हुन सकेको उल्लेख छ ।

यो समिति दूरसञ्चार प्राधिकरणले नै गठन गरेको हो । मोबाइल तथा इन्टरनेट सेवाप्रदायकलाई प्राधिकरणको निर्णय कार्यान्वयनका लागि दिइएको निर्देशन पालना गरेको भनी ७० वटा इन्टरनेट सेवाप्रदायकले जानकारी गराएको छ । तर, ६० वटा सेवाप्रदायकबाट कुनै जानकारी प्राप्त नभएको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

तसर्थ, प्राधिकरणको निर्देशन आंशिक रूपमा मात्र कार्यान्वयन भएको समितिको निष्कर्ष छ । त्यस्तै, ६ वटा सेवाप्रदायकको इन्टरनेटबाट मात्रै टिकटक पहुँचमा पूर्ण रूपमा रोक लगाइएको पाइएको छ । समितिले बुझाएको प्रतिवेदनअनुसार कुनै सेवाप्रदायकको इन्टरनेट सेवाबाट टिकटकमा पहुँच भएको भए जानकारी गराउन सेवाग्राहीलाई इमेलबाट जानकारी गराइएको थियो ।

जसमा २७ वटा सेवाप्रदायकको जानकारी प्राप्त भएको र नमुना परीक्षणका रूपमा १७ वटा सेवाप्रदायको निरीक्षण गरिएको थियो । नेपालमा टिकटकको वेबसाइट तथा मोबाइल एप प्रयोग र पहुँचमा पूर्ण रूपमा रोक लगाउन प्राधिकरणले युआरएल फिल्टरिङ, आइपी ब्लकिङ, डिएनएस फिल्टरिङ, भिपिएन ब्लकिङ, डिप प्याकेट इन्स्पेक्सन (डिपिआई) र सिग्नेचर बेस फिल्टरिङलगायतका उपाय अवलम्बन गरेकोे प्रतिवेदनमा उल्लेख छ ।

तर, नेपालमा टिकटकको वेबसाइट तथा मोबाइल एप प्रयोगमा रोक लगाउन प्राधिकरणले दिएको निर्देशनलाई सेवाप्रदायकले कार्यान्वयन नगर्नु नै चुनौती भएको उपसमितिले जनाएको छ । त्यस्तै, सेवाप्रदायकको प्राविधिक क्षमता अभाव हुनु, निःशुल्क उपलब्ध भिपिएनबाट वेबसाइट तथा मोबाइल एपमा पहुँच हुनु, नेपालमा गुगल प्ले स्टोर तथा एप स्टोरबाट टिकटक एप उपलब्ध भइरहनु, टिकटक सेवा प्रदान गर्ने टिकटक कम्पनी चीन तथा बाइट डान्स चाइनाले नेपालमा टिकटकको वेबसाइट तथा मोबाइल एपमा पहुँच रोक्न कुनै पहल नगर्नुलगायतका कारणले नेपालमा टिकटक बन्द गर्न चुनौती भएको प्रतिवेदनमा छ ।

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनबमोजिम टिकटक बन्द नगर्ने सेवाप्रदायकलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरिएको छ । दूरसञ्चार ऐन, २०५३ अनुसार प्राधिकरणको निर्देशन नमान्ने सेवाप्रदायकलाई ५० हजार जरिवाना गराइने उल्लेख छ । त्यस्तो कसुरबाट कसैलाई हानि–नोक्सानी पुगेमा त्यस्तो नोक्सानीको बिगो र सोबापतको क्षतिपूर्ति पनि दिनुपर्ने हुन्छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top