आज नेप्सेमा ७.२९ अंकको गिरावट

१६ मंसिर ८०, आइतबार

१७ मंसिर,काठमाण्डौ ।

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ७.२९ अंकले घटेको छ।यस दिन नेप्से ०.२९ प्रतिशतले घटेर १८५१.२३ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबार दिन १ अर्ब ३२ करोड ३५ लाख १९ हजार ३५७ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर ९६ करोड ४० लाख १० हजार ४३१ रूपैयाँमा सीमित भएको छ।यस दिन २९३ वटा धितोपत्रको ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच भएको हो।

Advertisement

आइतबार थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.६३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३८७ रूपैयाँ पुगेको छ।यस्तै, सबैको लघुवित्तको सेयर मूल्य ९.०४ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५८० रूपैयाँ पुगेको छ।आइतबार तीन वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमो घटेको छ।

यस दिन माउन्टेन इनर्जी, युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतका दरले घटेको छ भने एनआरएन इन्फ्रास्टक्चरको सेयर मूल्य ९.९८ प्रतिशतले घटेको छ।यी कम्पनीहरूको सेयर मूल्य क्रमशः ५३० रूपैयाँ ६० पैसा, २७३ रूपैयाँ ८० पैसा र ३४६ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

Advertisement

आइतबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ।उक्त कम्पनीको प्रतिकित्ता २९५ रूपैयाँमा ६ करोड ९५ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.६८ प्रतिशतले बढेको हो।सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हाथवे इन्भेष्टमेन्ट रहेको छ।

उक्त कम्पनीको प्रतिकित्ता ४४२ रूपैयाँमा ३ करोड १५ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स समूहको परिसूचक ०.०६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।यसदिन म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक १।२५ प्रतिशतले घटेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top