Nepal Times
Nepal Times
3
Shares

आज नेप्सेमा ३ अंकको गिरावट

आज नेप्सेमा ३ अंकको गिरावट

१८ मङ्सिर ,काठमाडौँ ।
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचक ३ अंकले घट्दै १८ सय ४७.८१ अंकमा ओर्लिएको छ । यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.२ अंकले घट्दै ३५३.२१ अंकमा झरेको छ । आज डेभलपमेन्ट बैंक, फाइनान्स, जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूहको उपसूचक धनात्मक भएका छन्  ।

बाँकी बैंकिङ, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स, ट्रेडिङ र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् । ३ अंकले नेप्से घटेको बजारमा आज १ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बराबरको ३८ लाख ९६ हजार कित्ता सेयर किनबेच भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.