×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

माल्दिभ्सका राष्ट्रपतिले भारतीय सेना लखेटिछाड्ने

१८ मंसिर २०८०

१८ मंसिर, एजेन्सी ।
गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जुले अन्ततः आफ्नो भूमीबाट भारतीय सेनालाई फिर्ता पठाउने चुनावी वाचा पूरा गरेका छन् । चीननिकट मानिने राष्ट्रपति मोहम्मद मुइज्जुका अनुसार भारत आफ्ना सेना फिर्ता गर्न तयार भएको छ । राष्ट्रपति निर्वाचनअघि नै उनले भारतीय सेना फिर्ता गराउने वाचा गरेका थिए ।

‘भारत आउट’ को नारा उनको चुनावी एजेन्डा नै थियो । भारतीय सेना स्वदेश फर्किए पनि मुइज्जुले भारतीय सेनाको स्थानमा चिनियाँ सैनिक तैनाथ गरेर क्षेत्रीय सन्तुलनलाई बिगार्ने आफ्नो मनसाय नरहेको पनि स्पष्ट पारेका छन् । भ्रष्टाचारको आरोपमा कारागारमा रहेका चीन समर्थक पूर्वराष्ट्रपतिको अप्रत्यक्ष सहयोगमा मुइज्जु गत सेप्टेम्बरमा राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

’भारत सरकारसँगको शृङ्खलाबद्ध रचनात्मक बैठक र संवादपछि भारतीय सैनिक फिर्ता गर्ने सहमति भएको छ,’ आइतबार राति राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ । समुद्री क्षेत्रमा गस्ती गर्ने तीनवटा उपहारप्राप्त विमान सञ्चालन गर्नका लागि भारतीय सैनिकहरू माल्दिभ्समा तैनाथ छन् ।

प्राचीन् सेतो समुद्री तट र एकान्त रिसोर्टहरूका साथ मुख्य रूपमा दक्षिण एसियाको सबैभन्दा महँगो बिदा मनाउने स्थलहरूमध्येको एकका रूपमा चिनिने माल्दिभ्स भूराजनीतिक ‘हटस्पट’ बनेको छ । विश्वव्यापी पूर्व–पश्चिम ढुवानी लेनहरूले भूमध्य रेखा पार गरी आठ सय किलोमिटर फैलिएको माल्दिभ्सको एक हजार एक सय ९२ साना कोरल टापुहरूको शृङ्खलालाई पार गर्दछ ।

राष्ट्रपति मुइज्जुको कार्यालयले भारतीय सैनिकहरूको फिर्तीको सम्झौता ‘प्राविधिक स्तरमा प्रगतिमा रहेको’ जनाएको छ । आफ्नो माटोमा विदेशी सैन्य उपस्थितिको अनुपस्थिति सुनिश्चित गर्नका लागि प्राथमिक रूपमा कूटनीतिक च्यानलहरू प्रयोग गर्ने आफ्नो प्रतिबद्धतामाथि जोड दिइएको विज्ञप्तिमा उल्लेख छ ।

माल्दिभ्सले भारतीय सेना फिर्ताका लागि कुनै समयसीमा दिएको छैन र सोमबार नयाँ दिल्लीबाट पनि तत्काल कुनै प्रतिक्रिया आएको छैन । दुबईमा संयुक्त राष्ट्रसङ्घीय कोप २८ सम्मेलनका अवसरमा राष्ट्रपति मुइज्जु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको एक बैठकपछि यस्तो सहमति भएको हो ।

माल्दिभ्सले भनेको छ, ’दुवै नेता माल्दिभ्समा जारी विकास परियोजनाहरूसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न समन्वय गर्ने प्रयासका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत हुनुभएको छ ।’ माल्दिभ्स राष्ट्रिय रक्षा बलका अनुशार माल्दिभ्समा कुल ७५ भारतीय सैन्य कर्मचारीहरू छन् ।

भारत र माल्दिभ्सले आफ्नो बीचमा समुद्री सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। यसअन्तर्गत भारतीय सेनाले माल्दिभ्सलाई सुरक्षा मामिलामा मद्दत गर्छ। तर, माल्दिभ्सका केही प्रमुख दल र त्याहा जनताले भारतसँगको यो सम्झौताको विरोध गर्दै आएका छन् भारतले माल्दिभ्सलाई दुईवटा हेलिकप्टर पनि दिएको थियो, जसलाई लिएर पनि विवाद भएको थियो ।

२०१८मा अब्दुल्लाह यामीनको सरकारले भारतबाट उपहार स्वरुप प्राप्त दुईवटा हेलिकप्टर फिर्ता लिन भनेको थियो।

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top