बिटक्वाइनको मूल्य बढ्न थाल्यो, कति पुग्यो ?

१९ मंसिर,एजेन्सी ।
अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य निरन्तर बढ्न थालेको छ । एक वर्षयता निरन्तर बढ्न थालेको बिटक्वाइनले पछिल्लो समय फेरि कीर्तिमानी मूल्य छुन थालेको हो । सन् २०२१ नोभेम्बरमा बिटक्वाइनले कीर्तिमानी मूल्य ६४ हजार ४०० डलरको मूल्य पार गरेको थियो ।त्यसयता, केही समय घटेर १६हजार ४५२ अमेरिकी डलरसम्म आइपुगेको थियो ।

जुन, पछिल्लो समय फेरी बढेर ४१ हजार ६१४ अमेरिकी डलर पुगेको थियो । यो एक वर्षसम्म आएको निरन्तरको वृद्धि हो । एक वर्षको अवधिको तुलनामा हाल २४ हजार ६१२ अमेरिकी डलरले मूल्य उकालो लागेको छ । यो १४५ प्रतिशतभन्दा धेरैको वृद्धि हो ।

यस्तै, ६ महिनाको अवधिमा ६१ प्रतिशतले बढेको छ भने एक महिनाको अवधिमा १८ प्रतिशतले मूल्य बढेको छ । आज भने बिटक्वाइनको मूल्यमा १ प्रतिशतको गिरावट आएको छ ।बिटक्वाइन भर्चुअल मुद्राका रुपमा विश्वभर प्रचलनमा छ । यसलाई कयौं देशले प्रतिबन्ध समेत लगाएका छन् ।

हालसम्म बिटक्वाइनको निर्माता कम्पनी र स्वामित्व कसको भन्ने खुलेको छैन । यद्यपि, यसको प्रयोग अधिकांश देशमा मुद्राकैरुपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पनि लगातार वृद्धि भइरहेको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सरदर प्रतिऔंस २ हजार ७२ डलरमा कारोबार भइरहेको छ।

सोमबार अन्तरदिनको कारोबारमा सुनको मूल्य प्रतिऔंस २ हजार एक सय ३५ डलरसम्म पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। तीन महिनायता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १६ प्रतिशतले वृद्धि भइसकेको छ।

इजरायल र हमासबीचको द्वन्द्वको कारण बढिरहेको सुनको मूल्य पछिल्लो समय भने अमेरिकी केन्द्रीय बैंक (फेड)ले आगामी वर्ष मौद्रिक नीतिलाई खुकुलो पार्दै लानसक्छ भन्ने अनुमानले डो¥याइरहेको छ। सन् २०२४ को मध्यमा फेडले ब्याजदर कटौती गर्ने आशंका गरिएको छ।

विश्वका केन्द्रीय बैंकहरूले समेत सुनको खरिददारी घटाउने सम्भावना नरहेकोले पनि सुनको मूल्य थप बढ्दै जाने अनुमान गरिएको छ। वर्ल्ड गोल्ड काउन्सिलको सर्वेक्षणले आगामी वर्ष २४ प्रतिशत केन्द्रीय बैंकहरूले सुनको मौज्दात बढाउने खुलासा समेत गरेको छ।

भर्खरको समाचार

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

सम्बन्धित समाचार

Scroll to Top