हमासले फेरि हान्यो इजरेलतर्फ रकेट

१९ मंसिर,एजेन्सी ।
प्यालेस्टाइनी अतिवादी समूह हमासले धेरैपछि फेरि इजरायलतर्फ रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो अनुसार गाजाबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूको ब्यारेजलाई तेलअवीवमाथिको आकाशमा रोकिएको देखिएको छ । उक्त क्षेत्रमा विस्फोटको आवाज पनि सुनिएको थियो ।

हमासले रकेट प्रक्षेपणको जिम्मेवारी लिएको छ र इजरायली सेनाले सर्वसाधारणको हत्याको जवाफमा आक्रमण गरेको बताएको छ । यसैबीच गाजामा बंकरमा लुकेर बसेका हमासका लडाकुहरुलाई बाहिर निकाल्न इजरायलले नयाँ रणनीति अपनाएको छ ।

इजरायली सेनाले समुन्द्रबाट पाइपमा पानी तानेर गाजापट्टीमा फैलिएको सुरुङहरुमा छाड्ने तयारी गरेको छ । जसले गर्दा या त हमासका लडाकुहरु बाहिर निस्कन्छन् या मारिने इजरायलले ठानेको छ । यसका लागि इजरायलले विशाल पम्पहरुको एक प्रणाली तयार गरेको छ ।

Advertisement

वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारिहरुलाई उदृत गर्दै भनेको छ, इजरायल डिफेन्स फोर्सले गत महिनामा गाजा शहरमा अलशती शरणार्थी शिविरनजिक पाँच ठूला खालका पंपिग सेट लगाएका छन्, जसले हरेक घण्टामा हजारौं क्यूबिक मीटर पानी सुरुङ नेटवर्कमा बाढी ल्याउन सक्षम छ ।

अधिकारिहरुले बताएका छन् कि इजरायलले गत महिना नै यस योजनाका बारेमा अमेरिकालाई जानकारी दिएको थियो । यो रणनीतिले इजरायलले हमासको सुरुङलाई त नष्ट गर्छ नै साथै गाजामा जल आपूर्तिलाई पनि खतरामा पार्न सक्छ । यता इजरायलको यो रणनीतिलाई बाइडेन प्रशासनमा पनि एक मत छैन ।

केहीले समर्थन गरेपनि धेरैले यसले गाजाको आम जनजीवनलाई नै तहसनहस पार्ने भन्दै चिन्ता जनाएका छन् । इजरायलले गाजापट्टीमा सैन्य कारबाही सुरु गरेको करीब २ महिना भइसकेको छ । अहिलेसम्म इजरायलले उत्तरी गाजाको ठूलो क्षेत्रमा कब्जा जमाएको छ ।

तर शहरमा फैलिएको सुरुङहरुको जालो भने तोड्न अझै सकेको छैन । गाजाभित्र हमासले सैंयौं किलोमिटर लामो सुरुङहरुको नेटवर्क तयार पारेको छ । जुन इजरायली सेनाका लागि एक वास्तविक चुनौती बनेको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top