Nepal Times
Nepal Times
3
Shares

न्यूरोडबाट सात किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा

न्यूरोडबाट सात किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा

२० मंसिर, विराटनगर । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ ।

न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ । सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ ।

बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । “सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको थियो ।

हिजो नै भन्सार छलेर भित्र्याउन लागिएको सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, बालाजुका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनीता श्रेष्ठ केसी छन् ।

सुनजस्तो देखिने धातु करिब १८६ ग्रामसहित गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।

जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुई र औँठी एकथान बरामद गरिएको थियो ।

सुनीताको साथबाट ९१ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुईथान बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.