न्यूरोडबाट सात किलो सुनसहित एकजना प्रहरी नियन्त्रणमा

२० मंसिर, विराटनगर । प्रहरीले काठमाडौंको न्यूरोडबाट अवैध करिब सात किलो सुन बरामद गरेको छ ।

न्यूरोडस्थित ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा उक्त सुन फेला पारेको प्रहरीले जनाएको छ । सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको आशंका गरिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको छ ।

Advertisement

बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । “सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।

काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको थियो ।

Advertisement

हिजो नै भन्सार छलेर भित्र्याउन लागिएको सुनजस्तो देखिने पहेँलो धातुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६, बालाजुका ४० वर्षीय संगीत केसी र ४२ वर्षीया सुनीता श्रेष्ठ केसी छन् ।

सुनजस्तो देखिने धातु करिब १८६ ग्रामसहित गए राति उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए ।

जाँच गर्ने क्रममा संगीतको साथबाट करिब ९५ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुई र औँठी एकथान बरामद गरिएको थियो ।

सुनीताको साथबाट ९१ ग्राम तौलको सुनजस्तो देखिने धातुका सिक्री दुईथान बरामद गरिएको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धान र कारबाहीका निम्ति उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पठाइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top