×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

रुसी सेनामा नेपाली पठाउने को हुन् ? समातिए १२ जना

२० मंसिर २०८०

२० मंसिर, विराटनगर । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीको टोलीले काठमाण्डौका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ’अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

Advertisement
Advertisement

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलले रुसी सेनामा जानलाई युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा सङ्लग्न व्यक्तिलाई पक्राउ गरिएको पुष्टि गरे ।

पछिल्लो समय रुस–युक्रेन युद्धपछि रुसले विदेशीका लागि भर्ती खोल्दा धमाधम नेपाली युवा अवैध बाटो हुँदै त्यहाँ गइरहेका छन् ।

यसरी अवैधरूपमा रुसी सेनामा गएका छ जना नेपाली युवाले ज्यानसमेत गुमाएका छन् । पक्राउ परेकासँग प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस्तै रुसी फौजमा रहेर ज्यान गुमाएका नेपालीहरूको शव स्वदेश फर्काउनेबारे हालसम्म ठोस प्रगति हुन नसकेको रुसका लागि नेपाली राजदूत मिलनराज तुलाधरले बताएका छन् ।

नेपाली परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेलले पनि रुसी तर्फबाट जबाफ आउने प्रतिक्षा भैरहेको बताएका छन् ।

उनी भन्छन्,“नेपालको पक्षबाट उता कुरा भइरहेको छ । रुसी पक्षबाट ठोस जवाफ आइसकेको छैन।”

परराष्ट्र मन्त्रालयले रुसको तर्फबाट युक्रेन युद्धमा लड्ने क्रममा हालसम्म छ जना नेपाली मारिएको पुष्टि गर्दै ज्यान गुमाएकाहरुको शव यथाशीघ्र नेपाल पठाउन रुसलाई अनुरोध गरिएको जानकारी सोमवार एक विज्ञप्ति मार्फत दिएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतले ’युद्ध क्षेत्रमा मारिएका नेपालीहरूको शव ल्याउन कठिनाइ हुने प्रारम्भिक संकेत रुसी पक्षले आफूहरूलाई दिएको’ बताएको छ ।

परराष्ट्र मन्त्रालयले सोमबार मात्र रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ६ नेपालीको विवरण सार्वजनिक गरेको थियो ।

सार्वजनिक सूचीअनुसार गोरखाका सन्दीप थपलिया, पुतलीबजार–५, स्याङ्जाका पितम कार्की, मेला–६, दोलखाका राजकुमार रोका, इलाम–५, इलामका गंगाराज मोक्तान, वाणगंगा–१, कपिलवस्तुका रूपक कार्की र पोखरा, कास्कीका देवान राई रुस–युक्रेन युद्धका क्रममा मारिएका हुन् ।

Advertisement

परराष्ट्रले मृतकका शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसलाई अनुरोध गरेको छ ।

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top