×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

मेसी ‘टाइम म्यागेजिन वर्ष खेलाडी’

२० मंसिर २०८०

२० मंसिर, एजेन्सी । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेसी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । उनलाई ‘टाइम एथिलिट अफ दि यिएर’ अवार्डबाट सम्मान गरिएको हो ।

टाइम म्यागेजिन विश्वचर्चित अमेरिकी साप्ताहिक पत्रिका हो । फुटबलमा पाउनुपर्ने सबै उपाधि र उपलब्धि हासिल गरेका मेस्सीले हालै कीर्तिमानी आठौँ पटक बालुन डि’ओर अवार्ड हात पारेका थिए ।

Advertisement
Advertisement

पीएसजीबाट अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेस्सीले हाल अमेरिकी फुटबलमा तरंग पैदा गरेका छन् । उनका खेलहरू हेर्न हलिउड अभिनेता, अभिनेत्री, संगीतकार तथा धनाढ्य व्यापारीहरू मैदानसम्म पुग्ने गरेका छन् ।

मेसीले सन् २०२२ को विश्वकप उपाधि जितेसँगै उनलाई सर्वकालीन महान फुटबलर पनि भन्न थालिएको छ । विश्वकपमा सात गोल गरेका मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि जिताउन सफल भए ।

विश्वकपमा फ्रान्सविरुद्धको फाइनलसहित उनी पाँचपटक प्लेयर अफ द म्याच घोषित भए । उनी विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

केही समयअघि उनी पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध छन् । यसबीचमा मेसीले उत्कृष्ट प्रदर्शन गर्दै मायामीलाई पहिलोपटक लिग्स कपको उपाधि जिताउन सफल भए ।

मेसीले लिग्स कपमा १० गोल र एक असिस्ट गरेका थिए । फुटबलमा उल्लेखनीय योगदान दिएको भन्दै मेसीलाई टाइम म्यागेजिनले वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको हो ।

Advertisement

मेसीअहिले आगामी विश्वकपका लागि अर्जेन्टिनाबाट छनोट चरणका खेलहरु खेलिरहेका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top