युक्रेनको कब्जामा रहेका सिद्धार्थको बिलौना, ‘मलाई निकाल्नुस्’

२१ मंसिर, विराटनगर । रुसी सेनामा भर्ना भएका मध्ये ६ जनाको मृत्यु भएको सार्वजनिक भएको केही दिन नबित्दै रुसी सेनामा भर्ती भएका थप एक नेपाली युवक युक्रेनमा बन्दी अवस्थामा रहेको खुलेको छ ।

रुसी सेनाको तर्फबाट युक्रेनविरुद्ध लड्न गएका काभ्रे मन्डनदेउपुरका २२ वर्षीय सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको भिडियो सार्वजनिक भएको हो । उनलाई मंसिर १७ गते युक्रेनको जेपोरोजिया क्षेत्रबाट पक्राउ गरिएको हो ।

युक्रेनी सेनाले सार्वजनिक गरेको भिडियोअनुसार ढकालसहित ५ जना रुसी सेनालाई मङ्सिर १७ गते नियन्त्रणमा लिइएको हो । योसँगै युक्रेनी सेनाको नियन्त्रणमा रहेका नेपालीको सङ्ख्या २ पुगेको छ ।

Advertisement

यसअघि अर्का नेपाली विवेक खत्री युक्रेनमा बन्दी अवस्थामा रहेको र नेपाल फिर्ता गर्न कुटनीतिक पहल भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । ढकालको विषयमा भने मन्त्रालयले केही भनेको छैन ।

युक्रेनी सेनाले ढकालसहितको समूहलाई पक्राउ गरी गाडीबाट लैजाँदै गरेको, एउटा कोठामा राखिएको र आफ्नोबारे पूरा विवरण दिइरहेकोसम्बन्धी अलग–अलग तीन भिडियो सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन्।

‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भनिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा… मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’ उनले गाउँलेमार्फत प्रधानमन्त्रीलाई भनेर आफूहरूलाई निकाल्न बुबाआमासमक्ष आग्रह गरेका छन् ।

‘आज २ तारिख (डिसेम्बर) हो । यो भिडियो कहिले पुग्छ थाहा छैन । त्यो बेला गाउँलेलाई भनेर… प्रधानमन्त्रीलाई भनेर… निकाल्नुप¥यो,’ उनले भनेका छन्, ‘धेरै–धेरै सम्झिरहेको छु । थाहा छैन के हुन्छ भनेर । अहिलेसम्म ठीकै छ । धेरै–धेरै सम्झिरहेको छु, आफूलाई, देशलाई ।’ उनले आफूलाई एजेन्टले झुक्याएपछि रुसी सेनामा भर्ना हुन बाध्य भएको बताएका छन् ।

‘म रुसमा पढ्न आएको थिएँ । विश्वविद्यालयले शुल्क भुक्तानीका लागि फोन गरेको थियो । मसँग पैसा थिएन । तिमीसँग पैसा छैन भने तिम्रो देशमा फर्क भन्यो,’ उनले भने, ‘मलाई फिर्ता हुन मन थिएन । मलाई पैसा कमाउनु थियो । मसँग विकल्प थिएन । मैले रुसी सेनामा भर्ना हुने निर्णय लिएँ ।’

रुसी सेनामा भर्ती भएपछि आफूले अहिलेसम्म ४ हजार रुबल (५७ सय रुपैयाँ) मात्रै पाएको बताए । ‘म सेनामा भर्ना भएको एक महिना २० दिन मात्रै भयो । उनीहरूले मलाई एक लाख ९५ हजार रुबल तलब दिन्छु भनेका थिए,’ उनले भने, ‘त्यो पैसा दिएको थिएन । धेरै नेपाली भर्ना भएका छन् । अहिले करिब ४–५ हजार नेपाली काम गर्छन । यकिन विवरण भने थाहा छैन ।’

यता ढकालका दाजु नवराजले उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई भेटेर आग्रह गरेको बताएका छन् ।

युक्रेनी सेनाले यसअघि असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो । खत्री अझै रिहा भएका छैनन ।

रुसमा नेपाल मारिएको घटनापछि अवैधरूपमा नेपालीलाई रुस पठाउने प्रमुख एजेण्ट पूर्व सुरक्षाकर्मी भएको खुलेको छ ।

काठमाण्डौका विभिन्न ठाउँबाट पक्राउ परेका १२ जनालाई हिजो सार्वजनिक गर्दै प्रहरीले यस गिरोहमा पूर्व सुरक्षाकर्मीहरू समेत रहेको खुलाएको हो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top