Nepal Times
Nepal Times
3
Shares

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा धारा ९९ लागू, युद्धविराम गर्न अपील

संयुक्त राष्ट्रसङ्घद्वारा गाजामा धारा ९९ लागू, युद्धविराम गर्न अपील

२१ मंसिर, एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा भइरहेको युद्ध रोक्नका लागि अपिल गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ बडापत्रको धारा ९९ लागू गर्दै उनले युद्धविरामका लागि अनुरोध गरेका हुन् ।

यो धारा संयुक्त राष्ट्रसङ्घको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । संयुक्त राष्ट्रसङ्घको इतिहासमा मात्र नौ पटक यो धाराको प्रयोग भएको छ । दशकौँदेखि यो धारा प्रयोगमा ल्याइएको थिएन ।

गाजापट्टीमा भइरहेको सङ्कटबारे सदस्य राष्ट्रहरुको ध्यानाकर्षण गराउन र युद्धविराम लागू गराउन गुटरेसले यो धारा लागू गरेका अलजजिराले जनाएको छ ।

गाजाका अस्पतालहरुलाई युद्ध मैदान बनाइएको भन्दै उनले त्यहाँको स्वास्थ्य प्रणाली ध्वस्त भएको बताएका छन् ।

त्यहाँका नागरिकलाई जीवित रहनका लागि अति आवश्यक सामग्री समेत नभएको र यस्तो अवस्थामा पनि इजरायलले लगातार बमबारी गरिरहेको खबरमा उल्लेख छ ।

गुटरेसका अनुसार गाजा क्षेत्रको सार्वजनिक व्यवस्था पुरै ध्वस्त हुन सक्छ । उनले गाजामा भइरहेको युद्ध रोक्न अपिल गर्दै अन्तर्राष्ट्रिय समुदायलाई युद्ध विरामका लागि सक्दो प्रयास गर्न आग्रह गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घले गाजाम भइरहेको युद्ध रोक्न अपिल गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.