आज सुनको भाउ बढ्दा चाँदीको घट्यो

२१ मंसिर ८०, बिहीबार
Share this
729shares

२१ मंसिर ,काठमाडौं ।

Advertisement

नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ।अघिल्लो दिन प्रतितोला आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई सय रूपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार चार सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार आठ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

Advertisement

बुधबार चाँदी प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top