एनसेलको भ्यालु ४० करोड डलर, शतिसलालले के भने ?

२१ मंसिर, विराटनगर । सरकारले एनसेलको शेयर खरिदबिक्रीका विषयमा अध्ययन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले समितिका सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् । समितिलाई ३० दिनको कार्यवधि दिइएको छ ।

Advertisement

फणीन्द्र गौतम प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव हुन् । बाबुराम भण्डारी सञ्चार मन्त्रालयका सहसचिव हुन् ।

मलेसियाली कम्पनी आजियटाले एनसेलमा भएको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बेलायतमा दर्ता रहेको एक कम्पनीलाई न्यून मूल्यमा बिक्री गरेपछि यस प्रक्रणमा संसदीय समितिहरूले छानबिन गर्न सरकारलाई निर्देशन दिएका थिए ।

Advertisement

यसैबीच एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ र यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ । साथै यो कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भएमा नेपालको कानुनअनुसार यसको पालना गरिनेछ ।

यस प्रक्रियामा एनसेल कर कानुनको पालना गर्न प्रतिबद्ध रहेको छ र आफ्ना सम्पूर्ण सरोकारवालाहरुलाई एनसेल एक जिम्मेबार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्चित गराउन चाहन्छौँ ।” एनसेलले पछिल्लो सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको बताएको छ । “यस सेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ, जुन कम्पनीको कार्यसम्पादनको आधारमा बिक्रेता कम्पनीले निश्चित समयावधिभित्र प्राप्त गर्नेछ ।

यस बाहेक यो परिवर्तनकारी सम्झौताले एनसेललाई नेपाली मूलको बृहत्तर स्वामित्वसहित कम्पनी र व्यवस्थापनतर्फ एनसेलको विकासलाई डो¥याउनेछ ।” एनसेलले प्रतिस्पर्धाको माध्ययमबाट एक्जियटाको सेयर खरिद गरेको दाबी पनि गरेको छ ।

स्पेक्ट्रलाइट युके लिमिटेडका निर्देशक शतिसलाल आचार्यले थुप्रै प्रतिस्पर्धीहरु मध्येबाट पहिलो हुनेलाई छानिएको बताएका छन् । उनले शेयर कारोबारको मूल्य र संरचना इच्छुक क्रेता र विक्रेता मार्फत निर्धारण गरिएको दाबी गरेका छन् ।

आचार्यले सहमति भएको सम्झौता ढाँचा अनुसार आजियाटाले बेस पेमेन्ट बाहेक ५ वर्ष अर्थात २०२९ सम्म थप लाभहरु नाफा बाँडफाँडको रुपमा प्राप्त गर्ने बताएका छन् ।

‘शेयर कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर (५३ अर्ब ३८ करोड रुपैयाँ) रहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘जुन कम्पनीको कार्यसम्पादनको आधारमा विक्रेता कम्पनी (आजियाटा)ले निश्चित समयवधिभित्र प्राप्त गर्नेछ।’

सतिशलाल आचार्य सिंगापुरमा बस्ने गैरआवासीय नेपाली हुन् । एनसेलको २० प्रतिशत नेपाली हिस्सेदार पनि उनै हुन् । उनकी पत्नीको नाममा सो शेयर छ ।

यदि यो कारोबार टुंगिएमा एनसेल आचार्य परिवारको एकल कम्पनी हुनेछ । आचार्य प्रतिष्ठित चिकित्सक डा.आइएल आचार्यका छोरा हुन् । उनी सिंगापुरमा बसेर व्यवसाय गर्छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top