Nepal Times
Nepal Times
3
Shares

पशुपतिनाथ मन्दिर आसपास मासु तथा जाँडरक्सी विक्री वितरणमा रोक

पशुपतिनाथ मन्दिर आसपास मासु तथा जाँडरक्सी विक्री वितरणमा रोक

२१ मंसिर, काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि मासु तथा जाँड रक्सी उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र खान नपाइने भएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै मन्दिर परिसरमा आजबाट एक हप्तासम्म मासु तथा जाँड रक्सी विक्री वितरण गर्न रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै क्षेत्रमा यो नियम लागु भएको जनाएको छ ।

बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा आउँदो २७ गतेसम्मका लागि यो नियम लागू भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.