२२ मंसिर, विराटनगर । एसीसी–१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अफगानिस्तानसँगको खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ ।
अहिले दिपेश कक्डेलले बलिङ गरिरहेका छन् । ११.४ ओभरमा अफगानिस्तान ५१(३ को स्थितिमा छ ।
यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । नेपालले अब अर्काे खेल पर्सि मङ्गलवार भारतसँग खेल्नेछ ।
यस्तै, आजै हुने अर्को खेलमा भारत र पाकिस्तान खेल्दैछन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । भारतले पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो।
यो प्रतियोगिताको सेमिफाइनल खेल मङ्सिर २९ गते हुनेछ । सेमिफाइनलमा समूह ’ए’ को विजेता र समूह ’बी’ को उपविजेता तथा समूह ’बी’ को विजेता र समूह ’ए’ को उपविजेता खेल्नेछन् ।
सेमिफाइनलमा पुग्न कम्तीमा दुई खेल जित्नुपर्ने हुन्छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस १ गते हुनेछ ।