Nepal Times
Nepal Times
3
Shares

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन भेटियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुन भेटियो

२४ मंसिर, विराटनगर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ ।

गएराति विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको जहाजबाट आएका विदेशी नागरिकको साथबाट ६ किलोभन्दा बढी सुन बरामद भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

भन्सारबाट बाहिरिसकेको अवस्थामा प्रहरीले सुन बरामद गरेको हो ।

सुनको साथमा विदेशी नागरिक पनि पक्राउ परेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई दिनअघि मात्रै विमानस्थलबाट १४ किलो सुन बरामद भएको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.