राजस्व विभाग भन्छ, स्वदेशी प्याजमा भ्याट छैन, तर बजारमा अभाव

२२ मंसिर ८०, शनिबार

२३ मंसिर,काठमाण्डौ ।
आन्तरिक राजस्व विभागले नेपालमा उत्पादित भएका आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाइएको स्पष्टोक्ति दिएको छ । कृषिजन्य वस्तुहरुमा भ्याट लगाइएपछि बजारमा सहज आपूर्ति गर्न नसकिएको व्यवसायीहरुले बताएपछि विभागले यस्तो जानकारी दिएको हो ।

सूचना जारी गर्दै विभागले आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप भ्याट नलगाइएको बताएको हो । विभागद्वारा जारी सूचनामा भनिएको छ, ‘आन्तरिक कृषिजन्य उत्पादनलाई प्रवर्द्धन तथा संरक्षण गर्ने नेपाल सरकारको नीति अनुरुप नेपालमा उत्पादन भएका आलु, प्याज तथा स्याउमा मूल्य अभिवृद्धि कर नलगाइएको तथा नलाग्ने व्यहोरा सरोकारवाला सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ।’

बजारमा आधिकारिक रूपमा तरकारी व्यवसाय गर्नेहरूले केही दिनदेखि आलु र प्याज नउठाएपछि चरम अभाव भएको छ । सरकारले चालु आर्थिक वर्षबाट आयातित र स्थानीय दुवै आलु र प्याजमा भ्याट लगाएकाले आपूर्ति गर्न नसकिएको व्यापारीहरुको भनाइ छ । स्थानीय उत्पादनलाई भ्याटको दायरामा ल्याउन कठिन हुने व्यवसायीले बताउँदै आएका छन् ।

Advertisement

अहिले काठमाडौं उपत्यकामा मात्रै दैनिक १०० क्विन्टल आलु र प्याज खपत हुने गरेको छ । यसरी खपत हुने आलु र प्याज व्यवसायीले ल्याउन ठप्प पारेपछि बजारमा अन्य माध्यमबाट आएका आलु र प्याजले भाउ पाएका छन् । नियमित कारोबारी व्यवसायले आलु–प्याज ल्याउन ठप्प पारेको केही दिनमै बजार महँगिएको छ ।

अहिले आलुको ६० देखि ७० रुपैयाँ र प्याज १३० देखि १४० रुपैयाँ प्रतिकेजी पुगेको छ । यसैबीच उता भारतले प्याजको आन्तरिक उपलब्धता बढाउन र यसको मूल्य नियन्त्रण गर्न आगामी मार्चसम्म प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ । जसको असर नेपालको बजारमा अब देखिने र प्याजको भाउ झनै अकाशिने व्यापारीहरूले जनाएका छन् ।

राजधानी दिल्लीमा स्थानीय तरकारी विक्रेताले प्याज ७० देखि ८० रुपैयाँ प्रतिकिलोमा बिक्री गरिरहेका छन् । जसका कारण आम उपभोक्ताको बजेट बिग्रन थालेको छ । अक्टोबरको सुरूमा केन्द्र सरकारले उपभोक्ताहरूलाई राहत दिन खुद्रा बजारहरूमा प्रति किलो २५ रुपैयाँको सहुलियत दरमा प्याजको बफर स्टक बेच्ने निर्णय गरेको थियो ।

सरकारले गत अक्टोबर २८ देखि डिसेम्बर ३१ सम्म प्याज निर्यातमा प्रतिटन ८ सय डलर न्यूनतम निर्यात मूल्य (एमईपी) तोकेको थियो । यसअघि अगस्टमा ३१ डिसेम्बरसम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाइएको थियो । यद्यपि डीजीएफटीले भने कि अन्य देशहरूले सरकारबाट स्वीकृति लिएर उनीहरूको अनुरोधका आधारमा प्याज निर्यात गर्न अनुमति दिइने छ ।

यसबाहेक सूचनाअघि पहिले नै लोड भइसकेका प्याज खेप पनि निर्यात गर्न अनुमति दिइएको छ । यसबाहेक प्याजको ढुवानी यो सूचना जारी हुनुअघि नै भन्सारलाई हस्तान्तरण भई विद्युतीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा सो प्याज निकासी गर्न पनि अनुमति दिइएको छ । यस्तो खेप ५ जनवरी सम्म निकासी गर्न सकिनेछ ।

चालु आर्थिक वर्ष अप्रिल १ देखि ४ अगस्त सम्म देशबाट ९ लाख ७५ हजार टन प्याज निर्यात भएको थियो । निर्यात मूल्यको आधारमा सबैभन्दा बढी आयात गर्ने तीन देशमा बंगलादेश, मलेसिया र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।

प्याजको खेतीयोग्य क्षेत्रफल घटेको खबर आएसँगै यसको मूल्य बढ्न थालेको छ । अक्टोबर महिनाको थोक मुद्रास्फीति तथ्याङ्कअनुसार तरकारी र आलुको मुद्रास्फीति क्रमशः २१.०४ प्रतिशत र २९.२७ प्रतिशतले घटेको छ भने प्याजको वार्षिक मूल्यवृद्धि ६२.६० प्रतिशत रहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top