×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

शेयर बजारमा २ वर्षपछि १११ अंकले ऐतिहासिक बृद्धि

२४ मंसिर २०८०

२४ मंसिर,काठमाण्डौ ।
गत शुक्रवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति समीक्षामार्फत शेयर कर्जामा लाग्ने जोखिमभार १२५ बनाएसँगै शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । मौद्रिक नीतिको समिक्षापछि खुलेको पहिलो कारोबारमा नेप्से परिसूचकमा लगातार तीन सकारातमक सर्किट लागेको छ ।

आइतवारको प्रि ओपन शेयरमा १३ अंकले बढेको नेप्से कारोबार खुलेको ५ मिनेटमा नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लागेको थियो । ४ प्रतिशतको सर्किट लागेर २० मिनेट कारोबार रोकिएर खुलेको २ मिनेटमा नेप्से ५ प्रतिशतले बढ्यो । कारोबार खुलेको ७ मिनेटमा नेप्से ९२.७३ अंकले बढ्यो ।

Advertisement
Advertisement

४० मिनेट रोकिएको कारबोरमा खुलेको पुनः २ मिनेटमा ६ प्रतिशतले बढेको नेप्से कारोबार आजको लागि बन्द भएको छ । बजारमा सर्किट लागेर करिब डेढ घण्टा मा बजार बन्द हुँदा साताको पहिलो कारोबारको दिन नेप्से परिसुचक १११.२० अंकले बढेर १ हजार ९ सय ६३.९८ को बिन्दुमा पुगेर नेप्से परिसूचक रोकिएको छ ।

आजको कारोबारमा २४४ कम्पनीको १३ लाख ६७ हजार ६१५ कित्ता शेयर ४८ करोड २४ लाख ८२ हजार २३९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार अत्याधिक बढ्दा पनि आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ ।

करिब ३० कम्पनीको शेयर मूल्य सर्किट लेबलमा बढेको छ । तर यता २२७ कम्पनीको शेयर मूल्य बढ्दा २ कम्पनीको घटेको छ । कालिका लघुवित्त र उपकार लघुवित्तको मूल्य घटेको छ । यस्तै रुरुजलविद्युत यथावत मूल्यमा रहेको छ ।

कारोबार रकमका आधारमा माउन्टेन इनर्जीले ३ करोड ५८ लाख २५ हजार ८३३ रुपैयाँको शेयर किनबेच भएको छ । त्यसपछि दोस्रो र तेस्रो स्थानमा सोनापुर मिनरल्स एण्ड आयल र नेपाल इन्स्योरेन्स कम्पनीको धेरै कारोबार भएको छ ।

शुक्रवार राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा ब्याजदर घट्ने नीति लिँदै राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ । त्यस्तै बैंकमा लगानी योग्य रकम अधिक रहेको अवस्थामा कर्जा प्रवाह बढाउने नीति लिँदा शेयर कर्जाको जोखिमभार पनि १५० प्रतिशतबाट १२५ मा झारेको छ ।

शेयर बजारमा सकारात्मक सर्किट लागेर बन्द भएको छ। २ वर्षपछि ऐतिहासिक रुपमा आज बजार बढ्दा नेप्से परिसूचक करिब साढे तीन महिनायताकै उच्च बिन्दुमा आइपुगेको छ।बजार बन्द हुँदा नेप्से १९६३.९३ बिन्दुमा आइपुगेको छ। २०८० भदौ १८ गते नेप्से १९६७.९७ बिन्दुमा थियो। आइतबार त्यसयताकै उच्च बिन्दुमा नेप्से आइपुगेको हो।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top