Nepal Times
Nepal Times
3
Shares

गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

गुट्काको प्रचार गरेपछि शाहरुख, अक्षय र अजय फन्दामा

२४ मंसिर,एजेन्सी ।
बलिउड चलचित्र उद्योगका तीन दिग्गज कलाकारहरु गुट्खाको प्रचार गरेपछि सरकारको नजमा तल परेका छन् भने कानूनी झमेलामा समेत फसेका छन् । गुट्खा कम्पनीका लागि विज्ञापनमा खेलेको भन्दै बलिउड सुपरस्टार शाहरुख खान, अक्षय कुमार र अजय देवगनलाई भारतीय केन्द्र सरकारले पत्र काटेको छ ।

यस मामिलामा एक निवेदनको जवाफ दिँदै केन्द्र सरकारले इलाहाबादको लखनऊ बेन्चलाई यी तीनै सुपरस्टारकहाँ पत्र पठाइएको जानकार दिएको हो । डेपुटी सॉलिसिटर जनरल एसबी पाण्डेले उच्च अदालतलाई केन्द्रले अक्षय कुमार, शाहरुख खान र अजय देवगनलाई कारण देखाउ नोटिस जारी गरेको जवाफ दिएका हुन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय केन्द्र सरकारले शुक्रबार उच्च अदालतलाई दिएको जानकारीअनुसार यस मामिलामा अहिले सर्वोच्च अदालतमा पनि सुनुवाइ भइरहेको छ । त्यहीकारण उच्च अदालतमा दर्ता भएको निवेदन खारेज गर्न पनि केन्द्र सरकारले माग गरेको छ ।

उच्च अदालतमा यस मामिलाको सुनुवाइ आगामी ९ मे २०२४ मा हुँदैछ । यसअघि न्यायाधीश राजेश सिंह चौहानको बेन्चले केन्द्र सरकारलाई निवेदन दर्ता गर्नेको प्रतिनिधित्व कसले गर्ने भन्ने तय गर्न भनेको थियो । उक्त निवेदन दर्ता गर्ने व्यक्तिले अदालतमा अभिनेता र सेलिब्रिटीविरुद्ध कारबाही हुनुपर्ने माग गरेका थिए ।

उनले आफ्नो निवेदनमा जसलाई आफूहरूले हाई प्रोफाइल पुरस्कार दियो, उनैले गुट्खा कम्पनीको विज्ञापन गरेकाले कारबाही हुनुपर्ने जिकिर गरेका थिए । यसअघि अमिताभ बच्चनले गुटखा कम्पनीसँगको आफ्नो सम्झौता रद्द गरिसकेका बेला पनि आफ्नो विज्ञापन देखाएको भन्दै गुटखा कम्पनीलाई कानूनी नोटिस पठाएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.