×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

जोगबनीमा विराटनगरका युवकमाथि  कसले हान्यो गोली ?

२५ मंसिर २०८०

२५ मंसिर,विराटनगर ।
कोशी प्रदेशको राजधानी विराटनगरको सीमावती भारतीय भूमि जोगबनीमा एक नेपाली युवकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । आइतबार साँझ जोगबनीमा दैनिक उपभोग्य खाद्यवस्तु किन्न गएका विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो ।

विराटनगर–१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । सो ठाउँ सीमा क्षेत्रबाट झण्डै डेढसय मिटर भित्र रहेको छ । संग्रौलाको बायाँ तिघ्रामा गोली लागेको छ । उनी विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत छन् । उनको अवस्था खतरामुक्त रहेको छ ।

Advertisement
Advertisement

घाइते संग्रौलाका अनुसार उनलाई ६ जनाको समूहमा रहेका व्यक्तिले गोली प्रहार गरेका थिए । संग्रौलाले भनेका छन्, ‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिए । साँझ घर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसनदेखि माथितिर दक्षिण गेटबाट विराटनगर आउँदै थिए ।

त्यही बिचमा ६ जना केटाहरूसँग भेट भयो । केही बेर भनाभन भयो । एक जनाले मलाई गोली हाने,’ । घटना भारतीय भूमिमा भएकाले घटनाको अनुसन्धान पनि भारतीय प्रहरीले नै गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जन दाहालले बताएका छन् ।

Advertisement
Advertisement

‘उहाँलाई कसले र किन गोली हान्यो खुलेको छैन,’ डीएसपी दाहालले भने, । ‘घटनाको अनुसन्धान हाम्रो क्षेत्राधिकारभित्र पर्दैन। हामी भारतीय प्रहरीसँग समन्वय गरेर दोषीलाई पक्राउ र कारबाहीको लागि पहल गर्नेछौँ,’ उनले भनेका छन् । गोली लागेर घाइते भएका संग्रौलालाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी कोशी अस्पताल ल्याएकाबे हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top