बाइडेनका छोरा हंटरले सबैभन्दा मूर्ख बुद्धिमान भनेपछि मस्कबीच वाकयुद्ध

२५ मंसिर,एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हंटर बाइडेन र टेस्ला एवं स्पेसएक्सका मालिक इलोन मस्कबीच वाकयुद्ध छेडिएको छ । हंटरले मस्कलाई विश्वकै सबैभन्दा मूर्ख बुद्धिमान व्यक्ति भनेका छन् । उनले मस्कलाई लोकतन्त्र वा अभिव्यक्ति स्वतन्त्रताको कुनै मतलब नै नरहेको आरोप लगाएका छन् ।

हंटरले मस्कमाथि गलत जानकारी फैलाएको पनि आरोप लगाएका छन् । उनले एक्सका मालिकलाई निकै नै विग्रिएको मानिस भनेका छन् । उनले भनेका छन्, इलोन मस्क पहिला संशोधनको चिन्ता गर्दैनन् । उनी आफूबाहेक कसैको पनि वाता गर्दैनन् ।

के तपाईले कहिले उनलाई केहि यस्तो गर्दै गरेको देख्नु भएको छ, जुन लोकतन्त्रको रक्षाका लागि भएको होस् ? यसमा मस्कले पनि हंटरलाई कडा जवाफ फर्काएका छन् । मस्कले सोधेका छन्, वास्तवमा हंटर कुन गलत जानकारीका बारेमा कुरा गरिरहेका छन् ? विश्वकै धनाढ्य मस्कले कटाक्ष गर्दै भने, ’हंटरले अपराध गर्दै आफ्नै यति धेरै भिडियो बनाएका छन् कि उनलाई सिनेम्याटोग्राफीका लागि पुरस्कार दिइनुपर्छ ।’

Advertisement

यसैबीच हंटर बाइडनलाई विहीबार मध्यराति ट्याक्स चोरीको कयौं मामिलामा आरोप लगाइएको छ । यसवर्ष दोस्रो पटक राष्ट्रपति जो बाइडेनका छोरामाथि एक विशेष वकिलद्वारा उनको व्यक्तिगत र व्यावसायिक लेनदेनको जाँच गरेको आरोप लगाइएको छ ।

अभियोगबाट थाहा हुन्छ कि उनीमाथि ट्याक्स तिर्न र रकम भुक्तानी गर्न नसकेको, ट्याक्स चोरी ैर गलत रिटर्न दाखिला गरेको लगायतका नौ आरोप लगाइएको छ । हंटरका पिता जो बाइडेन भने दोस्रो कार्यकालका लागि राष्ट्रपतिको चुनावको तयारीमा जुटेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top