आज पनी सुन–चाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

२५ मंसिर,एजेन्सी ।
नेपाली बजारमा सोमबार पनि सुन–चाँदीको मूल्य घटेको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार चार सय रूपैयाँ ५० मा कारोबार भइरहेको छ।

Advertisement

आइतबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १६ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ।आइतबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top