×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

बाहुबली स्टार प्रभावको सालारमा मेनुकाको स्वर

२५ मंसिर २०८०

२५ मंसिर, एजेन्सी ।
विश्वस्तरीय सांगितीक फ्रेन्चाइज शोको भारतीय संस्करण इन्डियन आइडल प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। यो प्लेटफर्मले धेरै गायक गायिकाहरूलाई संगीत क्षेत्रमा उच्च स्थानमा पुर्याएको छ । अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी नेपालकी गायिका मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ ।

मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा गीतका लागि साइन गरेका छन् । यो गीतसँगै मेनुका प्लेब्याक गायनमा प्रवेश गरेकी छिन् । इन्डियन आइडलको स्टेजमा यो खुसीको खबर शेयर गरिएको छ । मेनुकालाई आएको यो अवसरबाट यसका निर्णायक र दर्शकहरुको खुशीको सीमा रहेन ।

Advertisement
Advertisement

स्टेजमा होस्ट हुसैनले मेनुकालाई सालारबाट एउटा गीतको अफर आएको बताए । यो खुसीको खबर थाहा पाएपछि त्यहाँ उपस्थित सबैले ताली बजाउन थाले । यो मेनुकाको करियरको लागि ठूलो टर्निङ प्वाइन्ट हो। गायिका श्रेया घोषालले मेनुकालाई बधाई दिएकी छन् ।

उनले यसलाई ठूलो अफर भनेकी छन् । ‘सालार ः पार्ट १ सिजफायर’ बाहुबली स्टार प्रभासको फिल्म हो। यो डिसेम्बर २२ मा हलमा रिलिज हुँदैछ । यसको निर्देशक प्रशान्तले ब्लकबस्टर फिल्म केजीएफ बनाएका छन् । मेनुकाले एक इन्स्टा पोस्टमार्फत सालारका निर्देशक र संगीतकारलाई हृदयदेखि धन्यवाद दिएकी छिन् ।

Advertisement

साथै इन्डियन आइडलको मञ्चप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । मेनुका दृष्टिविहीन छिन् । उनी इन्डियन आइडल १४ को सबैभन्दा बलियो प्रतियोगीमा रुपमा आफूलाई स्थापित गर्दै आएकी छन् । यसअघि उनले नेपाल आइडल, भारतकै सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top