Nepal Times
Nepal Times
3
Shares

बाहुबली स्टार प्रभावको सालारमा मेनुकाको स्वर

बाहुबली स्टार प्रभावको सालारमा मेनुकाको स्वर

२५ मंसिर, एजेन्सी ।
विश्वस्तरीय सांगितीक फ्रेन्चाइज शोको भारतीय संस्करण इन्डियन आइडल प्लेटफर्मले धेरैको भाग्य चम्काएको छ। यो प्लेटफर्मले धेरै गायक गायिकाहरूलाई संगीत क्षेत्रमा उच्च स्थानमा पुर्याएको छ । अहिले इन्डियन आइडल १४ की चर्चित प्रतियोगी नेपालकी गायिका मेनुका पौडेलका लागि यस्तै अवसर आएको छ ।

मेनुकालाई निर्देशक प्रशान्त नीलले आफ्नो आगामी फिल्म सालारको एउटा गीतका लागि साइन गरेका छन् । यो गीतसँगै मेनुका प्लेब्याक गायनमा प्रवेश गरेकी छिन् । इन्डियन आइडलको स्टेजमा यो खुसीको खबर शेयर गरिएको छ । मेनुकालाई आएको यो अवसरबाट यसका निर्णायक र दर्शकहरुको खुशीको सीमा रहेन ।

स्टेजमा होस्ट हुसैनले मेनुकालाई सालारबाट एउटा गीतको अफर आएको बताए । यो खुसीको खबर थाहा पाएपछि त्यहाँ उपस्थित सबैले ताली बजाउन थाले । यो मेनुकाको करियरको लागि ठूलो टर्निङ प्वाइन्ट हो। गायिका श्रेया घोषालले मेनुकालाई बधाई दिएकी छन् ।

उनले यसलाई ठूलो अफर भनेकी छन् । ‘सालार ः पार्ट १ सिजफायर’ बाहुबली स्टार प्रभासको फिल्म हो। यो डिसेम्बर २२ मा हलमा रिलिज हुँदैछ । यसको निर्देशक प्रशान्तले ब्लकबस्टर फिल्म केजीएफ बनाएका छन् । मेनुकाले एक इन्स्टा पोस्टमार्फत सालारका निर्देशक र संगीतकारलाई हृदयदेखि धन्यवाद दिएकी छिन् ।

साथै इन्डियन आइडलको मञ्चप्रति कृतज्ञता व्यक्त गरेकी छिन् । मेनुका दृष्टिविहीन छिन् । उनी इन्डियन आइडल १४ को सबैभन्दा बलियो प्रतियोगीमा रुपमा आफूलाई स्थापित गर्दै आएकी छन् । यसअघि उनले नेपाल आइडल, भारतकै सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.