अब देखि दरबारमार्ग र ठमेल चौबिसै घण्टा खुला

२ मंसिर २०८३, बुधबार
Share this
764shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

काठमाडौंका दरबारमार्ग र ठमेल क्षेत्रमा अब चौबिसै घण्टा व्यवसाय तथा गतिविधि सञ्चालन गर्न पाइने ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार सूचना जारी गर्दै यी दुई क्षेत्रलाई २४सै घण्टा खुला गर्ने निर्णय कार्यान्वयनमा आइसकेको उल्लेख ।

Advertisement

प्रशासनका अनुसार दरबारमार्ग र ठमेलमा व्यवसाय सञ्चालनका लागि समयको बन्देज हटाइएको तथा काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रलाई पनि रातभर खुला गर्ने विषयमा आवश्यक तयारी र समन्वय भइरहेको उल्लेख ।

जिल्लालाई सुरक्षित र व्यवस्थित रूपमा चौबिसै घण्टा सञ्चालनयोग्य बनाउन सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी तथा सडक बत्ती जस्ता आधारभूत पूर्वाधार आवश्यक पर्ने प्रशासनको भनाइ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा आवश्यक पूर्वाधार र सुरक्षा व्यवस्थाको सुनिश्चितता भएपछि मात्रै जिल्लाका अन्य क्षेत्रमा पनि चौबिसै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्णय गरिने ।

त्यतिन्जेल दरबारमार्ग र ठमेलबाहेक काठमाडौंका अन्य क्षेत्रका व्यवसायीले भने यसअघि निर्धारित समयअनुसार नै व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top