एनभिडियाको सीईओमा फर्किन तयार छुः जेन्सन हुआङ

२ मंसिर २०८३, बुधबार
Share this
701shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

विश्वप्रसिद्ध प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हुआङले सञ्चालक समितिले अनुरोध गरेमा पुनः कम्पनीको नेतृत्व सम्हाल्न तयार ।

अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएपछि पहिलोपटक सार्वजनिक धारणा राख्दै उनले सीईओका रूपमा फर्किनु आफ्नो लागि सम्मानको विषय हुने बताए ।

Advertisement

सामाजिक सञ्जाल एक्समार्फत उनले व्यक्तिगत जीवनमा गम्भीर गल्ती भएको स्वीकार गर्दै त्यसबाट कम्पनीको सञ्चालक समितिलाई समस्या परेकोमा पश्चात्ताप व्यक्त गर्दै आफ्ना गल्तीको पूर्ण जिम्मेवारी लिने पनि बताए ।

हुआङका अनुसार कम्पनीका कर्मचारी, लगानीकर्ता तथा शुभचिन्तकहरूले उनलाई पुनः नेतृत्वमा फर्किन आग्रह गरिरहेकाले सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुने निर्णय बोर्डले गरे आफू फर्किन तयार रहेको उनको भनाइ ।

एनभिडियाको सञ्चालक समितिले भने उनलाई पुनर्बहाली गर्ने विषयमा कुनै छलफल गरेको छैन। हुआङलाई पुनः नियुक्त गर्ने मनसाय नरहेको बोर्ड अध्यक्ष हार्भे जोन्सको भनाइ ।

विवाहेत्तर सम्बन्ध तथा चिनियाँ गुप्तचर भएको आशङ्का गरिएकी महिलासँगको सम्बन्ध सार्वजनिक भएपछि हुआङले राजीनामा दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top