२ मंसिर, काठमाण्डौ ।
देशका केही स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना ।
नेपाल मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने ।

विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।
बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने।
कोसी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागको भनाइ ।
त्यस्तै, राति कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने।
यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्यो ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले मौसममा सामान्य परिवर्तन देखिएकाले बिहानको समयमा हुस्सु तथा कुहिरोका कारण सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागको आग्रह ।
आज (बुधबार) बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.८ डिग्री सेल्सियस देखियो ।
हिजो मंगलबार यो बेला ८.८ डिग्री सेल्सियस देखिएको थियो।



