दानबहादुर कार्कीको मुद्दामा पहिलो सुनुवाइ हुँदै

२ मंसिर २०८३, बुधबार
Share this
731shares

२ मंसिर, काठमाण्डौ ।

Advertisement

कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज बुधबार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदै ।

Advertisement

मुद्दाको पेसी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा ।

कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा नियुक्त गर्ने निर्णय गरेकोमा आफूलाई कुनै पूर्वसूचना र सुनुवाइको मौका नदिई प्रहरी ऐन २०१२ र नियमावली २०७१ विपरीत पदबाट हटाइएको जिकिर गर्दै कार्कीद्वारा कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दर्ता ।

सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न र मुद्दाको अन्तिम किनारा नलागेसम्म नवनियुक्त आईजीपी मनोज केसीलाई कामकाज गर्नबाट रोक लगाउन अन्तरिम आदेशको माग ।

तिहार र छठ बिदापछि मंगलबार अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोक्यो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top