भूकम्पबाट जाजरकोटमा नौ करोड बढिको खाद्यान्न नष्ट

२४ मंसिर ८०, सोमबार

२५ मंसिर,काठमाण्डौ ।
जाजरकोट भूकम्पबाट नौ करोडभन्दा धेरै मूल्य बराबरको खाद्यान्न नष्ट भएको छ । भूकम्पका कारण ३४ हजार पाँच सय एक घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार नौ सय रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

गएको कात्तिक १७ गते रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट नौ हजार सात सय ९४ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पले धान, मकै, गहुँ र कोदोजस्ता अन्न तथा खाद्यान्न पुरिएर नष्ट भएको कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले दिएको जानकारीअनुसार २८ लाख २८ हजार सात सय २५ किलो धानसहित मकै, गहुँ, कोदोलगायत अन्न पुरिएर नष्ट भएको छ । भूकम्पले जाजरकोटमा पाँच करोड ४१ लाख ४२ हजार एक सय ७२ रुपैयाँ बराबरका पशुपक्षीमा पनि क्षति भएको जनाएको छ ।

Advertisement

जाजरकोटमा मात्र भूकम्पबाट ९० हजार पाँच सय ६७ मानिस प्रत्यक्षरुपमा प्रभावित भएका छन् । रुकुम पश्चिममा भएको नोक्सानीको भने तथ्याङ्क आउन बाँकी छ । दुवै जिल्लाका भूकम्प पीडितहरु चिसोको मारमा परेका छन् । भूकम्प गएको एक महिनाभन्दा लामो समय भइसक्दा पनि उनीहरु चिसो भुइँमा त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

पहिलो चरणमा एक सरो राहत बाँडे पनि त्यो पर्याप्त देखिएको छैन । एउटा कम्बलको भरमा परिवारका सबै सदस्य बस्दा समस्या भइरहेको उनीहरुको गुनासो छ । पीडितहरुले जतिसक्दो छिटो अस्थायी आवास बनाइदिन आग्रह गर्दै आएका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top