अस्पतालले मृत घोषणा गरेका ब्यक्ति जिवितै प्रकरण

२५ मंसिर,विराटनगर ।
विराटनगरस्थित एक अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जीवितै रहेको भन्ने खबरले अहिले सनसनी मच्चिएको छ । विराटनगरस्थित मेट्रो न्यूरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा राखेर दाहसंस्कारका लागि पठाएका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहरलाई घाटमा लैजान लाग्दा जीवित नै पाइएको सदाका छिमेकीले दावी गरेका छन् ।

तर अस्पतालले भने यसमा कुनैपनि सत्यता नरहेको बताएको छ। सदाको भनिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै अस्पतालले सदालाई आइसियुबाट आफन्तले आफ्नै रोहवरमा लगेको र उनको डिस्चार्ज पेपरसमेत नबनेको अवस्थामा अहिले आएर अस्पतालले मृतक घोषणा गरेको तथा शव गृहमा राखिएको भन्ने जस्ता आरोप अत्यन्त भ्रामक र कपोकल्पित रहेको बताएको छ ।

अस्पतालले उपचाररत सदालाई आफूखुशी लैजानका लागि मन्जुरीनामामा उनकी श्रीमतीले सहीछाप गरेको समेत बताएको छ । इनरुवाका प्रतापका छिमेकी पहल कटुवालका अनुसार उनलाई शनिबार बिहान उपचारका क्रममा मेट्रो न्युरो अस्पताल भर्ना गरिएको थियो ।

स्थानीय बसचोकमा आउने जाने गाडीमा सामान लोड अनलोड गरी जीविकोपार्जन गर्दै आएका सदा गाडीमा सामान लोड गर्ने क्रममा लडेर बेहोस भएका थिए । मेट्रो न्युरो अस्पताल भर्ना गरिएका सदाको उपचारका क्रममा राति मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो।

सदाको दाहसंस्कारका लागि उनीहरूको जातीय संस्कार र परम्परा अनुसार सबै तयार गरी मलामीसमेत जुटेर घाट लैजान लाग्दा उनी जीवित पाइएको थियो । सबै आफन्त छरछिमेक भेला भई स्थानीय सुनसरी खोलामा दाहसंस्कारका लागि लैजान लाग्दा केही व्यक्तिले उनी जीवित रहेको जस्तो देखेपछि उनलाई पानी र दूध खुवाएको स्थानीयले बताएका छन् ।

सदालाई मेट्रो अस्पताल भर्ना अघि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो ।तर त्याहा उपचार नगरी फेरि इनरुवा अस्पताल लगिएको थियो । अनि इनरुवा अस्पतालबाट सदालाई फेरि परिवारले नै मेट्रो अस्पताल लगेको थियो ।

अहिले सदालाई जनप्रतिनिधीको पहलमा फेरि उपचारका लागि इनरुवा अस्पतालमा नै भर्ना गरिएको छ। इनरुवा ३ की वडासदस्य सविना सिग्देलका अनुशार उनको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेकाले वडाले नै उनको उपचारका लागि सहयोग गर्नेछ ।

सिग्देलले परिवारका लागि समेत वडाले खाद्यान्न लगायतको आवश्यक सहयोग गरेको बताएकी छन् । उनले सदालाई अस्पतालले मृतक घोषणा गरेको भन्ने विषयमा चाँही पारिवारिक सदस्य तर्फ केही भ्रम सृजना भएजस्तो आफूले बुझेको बताएकी छन् । यद्यपि उनले अस्पतालले जारी गरेका कागजात मात्रै थप पुष्टि गर्ने बताएकी छन् ।

भर्खरको समाचार

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सम्बन्धित समाचार

Scroll to Top