बिसिसिआईले नेपाली खेलाडीलाई पत्याएन,ipl सपना अधुरै

२५ मंसिर ८०, मंगलबार

२६ मंसिर,एजेन्सी ।
इन्डियन प्रिमियर लिग(आइपीएल) २०२४ को अक्शनका लागि ‘प्लेयर लिस्ट’ जारी भएको छ । अक्सनमा दर्ता गरेका कुनै पनि नेपाली खेलाडी प्लेयर लिस्टमा अटाउन सकेनन् । पछिल्लो समय नेपालले अन्तर्राष्ट्रिय स्तरमा लगातार सफलता हात पारिरहेको र भारत र पाकिस्तान जस्ता टिमसँग एसिया कप, इमर्जिङ एसिया कप अनि एसियन गेम्समा भारतसँग खेल्दै उत्कृष्ट प्रदर्शन गरेकाले केही नामहरू अक्शनसम्म पुग्ने आँकलन गरिएको थियो ।

तर कुनै पनि खेलाडी अक्शनका लागि सर्ट लिस्टसमेत पर्न सकेनन् । नेपालबाट ७ खेलाडीले नाम दर्ता गराएका भए पनि सबै खेलाडीहरू फालिनेमा परेका हुन् । २०१८ को अक्सनमा नेपालका स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले २० लाखमा किनेको थियो । सन्दीप आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

२०२० मा दिल्लीले सन्दीपलाई फुकुवा गरेको थियो । २०२१ र २०२२ को अक्सनको सर्ट लिष्टमा सन्दीप परेपनि कुनै पनि टोलीले किनेका थिएनन् । गत वर्ष कुनैपनि नेपाली खेलाडी अक्सनमा थिएनन् । यसपटक अक्सनमा दीपेनद्रसिंह ऐरी र सन्दीप लामिछाने बिक्न सक्ने नेपाली खेलाडीको रुपमा थिए । तर बिसिसिआईले अक्सनमै राखेको छैन् ।

Advertisement

बीसीसीआईले सोमबार अक्सनका लागि दर्ता भएका ११ सय ६६ खेलाडीमध्ये ३ सय ३३ खेलाडीलाई अक्शनमा राखेको छ । १९ डिसेम्बरमा दुबईमा हुने अक्शनमा १० टिमले ७७ खेलाडीलाई अनुबन्धन गर्नेछन् । अर्थात् ३ सय ३३ खेलाडीबाट ७७ खेलाडीको मात्र लिलामी हुने छ । जसमा ३० विदेशी खेलाडी रहनेछन् ।

विश्वकप २०२३ मा अस्ट्रेलियाका लागि उत्कृष्ट प्रदर्शन गरेका ट्रेविस हेडसमेत कुल २३ खेलाडीको बेस प्राइस २ करोड रहेको छ । अक्शनका लागि लिस्टमा परेका ३ सय ३३ मध्ये २ सय १४ भारतीय खेलाडी छन् । जबकी १ सय ९९ विदेशी खेलाडी रहेका छन् । एसोसिएटेड देशका दुई जनामात्र खेलाडी अक्शन लिस्टमा रहेका छन् ।

Advertisement

एसोसिएटेड देशबाट नेदरल्यान्ड्सका फास्ट बलर पउल भान मेकेरन र नामिवियाका अलराउन्डर डेभिड वाइसेस मात्र अक्शन लिस्टमा रहन सफल भए । अक्शनमा २३ खेलाडीको बेस प्राइस २ करोड रुपैयाँ रहेको छ । जुन सर्वाधिक उच्च हो । जसमा अस्ट्रेलिया र इंग्ल्यान्डका समान ७–७ खेलाडी रहेका छन् ।

दक्षिण अफ्रिका र भारतका ३–३ खेलाडीले आफनो बेस प्राइस २ करोड तोकेका छन् । त्यस्तै बंगलादेश, अफगानिस्तान र न्युजिल्यान्डका समान १–१ खेलाडीले आफ्नो बेस प्राइस २ करोड तोकेका छन् । अस्ट्रेलियाका, प्याट कमिन्स, ट्रेविस हेड, मिचेल स्टार्क, जोश ह्याजलवुड, स्टीव स्मिथ, जोश इंग्लिस र सीन एबर्टले आफ्नो बेस प्राइस २ करोड तोकेका छन् ।

भारतका हर्षल पटेल, शार्दूल ठाकुर र उमेश यादवको बेस प्राइस २ करोड रहेको छ । त्यस्तै इंग्ल्यान्डका आदिल रशीन, जेम्स विन्स, जेमी ओवर्टन, डेविड मलान, बेन डकेट, क्रिस वक्स र ह्यारी ब्रुक्सले आफ्नो बेस प्राइस २ करोड राखेका छन् । दक्षिण अफ्रिकाका राइली रूसो, जेराल्ड कुट्जी, रासी वान डर डसनपनि २ करोडको क्लबमा रहका छन् ।

त्यस्तै बंगलादेशका मुस्ताफिजुर रहमान, अफगानिस्तानका मुजीब उर रहमान र न्युजिल्यान्डका लक्की फर्गुसनको बेस प्राइस २ करोड रहेको छ । यी बाहेक कुल १२ खेलाडीले आफ्नो बेस प्राइस १ करोड ५० लाख र १३ खेलाडीले १ करोड आफ्नो बेस प्राइस राखेका छन् । बाँकी खेलाडीको बेस प्राइस २० लाखदेखि ७५ लाखसम्म रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top