न्युरो अस्पतालको ब्राण्ड नाम कसले चोरी गर्याे ?

२५ मंसिर ८०, मंगलबार

२६ मंसिर, विराटनगर।

विराटनगर–१० स्थित न्यूरो कार्डिओ एण्ड मल्टिस्पेशियालिटी प्रा.लि.ले आफ्नो ब्राण्ड नाम (न्युरो अस्पताल)को दुरुपयोग गरी अस्पतालसँग मिल्दोजुल्दो नाम र विज्ञापन राखी अन्य अस्पतालले आफ्नो ब्राण्ड र सेवाहरुबारे गलत प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै आफ्नो ब्राण्ड नाम (न्युरो हस्पिटल)लाई अन्य नयाँ खुलेका अस्पतालहरुले प्रयोग गरेको भन्दै सरोकारलवाला निकायहरुको गम्भीर ध्यानाकर्षण गराएको हो ।

Advertisement

न्युरो अस्पतालले दुई दशकभन्दा लामो समयदेखि उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरेर कमाएको ख्यातिलाई अनुचित तवरले गलत प्रयोग गरेको, गलत सूचना सम्प्रेषण गरेको, न्यूरो अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरुको बारेमा अफवाह फैलाउने, र उनीहरुको संस्थामा आवद्ध छन् भनी भ्रम पार्ने, न्यूरो अस्पतालको शाखा हो भनी गलत प्रचारप्रसार गर्ने गरेको पाएको भन्दै आपत्ति जनाएको छ । अस्पतालले यस्ता भ्रमको पछि नलाग्न समेत सबैमा सचेत रहन अनुरोध गरेको छ।

मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको व्यक्ति जीवित भेटिएको भन्ने हल्लापछि, अस्पतालको नाम दुरुपयोग गर्दा आफ्नो अस्पतालको पनि बदनाम भएको र आफ्ना विरामीहरु भ्रममा परेको र विरामीहरुको स्वास्थ्यमा खेलवाड गरेको भन्ने गुनासाहरु लगातार आइरहेको न्युरो अस्पतालका प्रबन्ध निर्देशक राजेश भट्टराईले बताए ।

उनले सोही घटनाले आफ्नो अस्पतालको नाम दुरुपयोग र बदनाम भएको भन्दै कसैले नाम पछाडि न्युरो जुन्डाउँदैमा सबै न्युरो अस्पतालको शाखा नहुने भन्दै उक्त अस्पताल आफ्नो शाखा नभएको बताएका छन् ।

निर्देशक डा.भट्टराईले अन्य अस्पतालले पनि न्युरो अस्पतालसँग मिल्दो जुल्दो विज्ञापन राखी प्रचारप्रसार गर्ने कार्य गरेको पाएको भन्दै आपत्ति जनाएका छन् ।

यसरी कसैको ब्राण्डको दुरुपयोग गरी सर्वसाधारणलाई दिगभ्रमित गर्ने प्रवृत्तिलाई हतोत्साहित गर्न कानुनी दायरामा ल्याई कारबाही गर्नुपर्ने र कसैको ब्राण्डको नाम प्रयोग गर्न नपाउने गरी वर्जित गर्नुपर्नेमा अस्पतालले जोड दिएको छ ।

दुईदिन अघि मात्रै मेट्रो न्युरो अस्पतालले मृत घोषणा गरेको भनी अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका इनरुवा नगरपालिका–३ का ४५ वर्षीय प्रताप सदा मुसहर जीवितै रहेको भन्ने हल्लाले सनसनी मच्चिएको थियो ।

तर उक्त अस्पतालले यसमा कुनैपनि सत्यता नरहेको भन्दै सदाको भनिएको सिसिटिभी फुटेज सार्वजनिक गर्दै उनलाई आइसियुबाट आफन्तले जिवितै आफ्नै रोहवरमा लगेको बताएको थियो ।

नेपालमा कुनैपनि संघसंस्था दर्ता गर्दा कसैसँग मिल्दोजुल्दो नाम राख्न कानुनी रुपमा पाइँदैन । तर नेपालमा संघसंस्था दर्ता गर्न सकिने निकाय एकभन्दा बढी हुँदा प्रायजसो अगाडि पछाडि अन्य नाम जोडेर विभिन्न संघसंस्थाहरु दर्ता हुने गरेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top