Nepal Times
Nepal Times
3
Shares

आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

आज शेयर बजारमा ३६ अङ्कको वृद्धी

२६ मंसिर, काठमाण्डौ ।
शेयर बजार आज मङ्गलवार बढेको छ । हिजो सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्ले उकालो लागेको छ ।

आज बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज सीवाईसी नेपाल लघुवित्तको शेयर ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।आज १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.